धनगढी – डडेल्धुराको गन्यापधुरामा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका ५ मा रहेको कोराल खेल मैदानमा यही कार्तिक १४ गते वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो।
दीपावली को अवसरमा हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुनका लागि कार्तिक १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने खेल संयोजक राजेश मल्लले (९८४८६८०८७८) बताएका छन्।
टिम दर्ता शुल्क ३५ सय रहेको छ संयोजक मल्लले बताए।
प्रतियोगिताको प्रथम पुरस्कार ४१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार ११ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक मल्लले बताएका छन्।
गन्यापधुरा गाउँपालिकाको वडा नम्बर ५ मा रहेको दुर्गा भगवती युवा क्लब कोरालद्वारा उक्त प्रतियोगिताको आयोजना हुने भएको हो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, लिफ्टर र स्पाइकरलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।





