यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ कार्तिक ९, आईतवार १०:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद् अन्तर्गतको मठ-मन्दिर, अर्चक, पुरोहित विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भत्सर्ना गरेको हो।


विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा रहिम बजार क्षेत्रमा रहेको उक्त ऐतिहासिक धरोहरलाई भू-माफिया र स्वार्थी समूहको मिलेमतोमा व्यापारिक स्वार्थका लागि ध्वस्त पार्न खोज्नु सांस्कृतिक आतंकवाद र धार्मिक अल्पसङ्ख्यकहरूको अधिकारमाथिको ठाडो प्रहार भएको उल्लेख गरिएको छ।

स्थानीय हिन्दु समुदाय र नागरिक समाजका अभियन्ताहरूको तीव्र विरोधपछि हाल स्थानीय प्रशासनले मन्दिर भत्काउने कार्य रोकी उक्त स्थललाई सिल गरेर सरकारी निकाय ‘इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड’ (ETPB) को नियन्त्रणमा राखेको छ। तर, यो अस्थायी कदम मात्र भएको भन्दै परिषद्ले दोषीलाई कडा कारबाही र मन्दिरको पूर्ण जीर्णोद्धारको माग गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा मन्दिरमाथि बढ्दो शृङ्खलाबद्ध प्रहार

हालैका वर्षहरूमा विश्वका विभिन्न देशहरूमा हिन्दु मठ-मन्दिर तथा सांस्कृतिक धरोहरहरूमाथि शृङ्खलाबद्ध रूपमा प्रहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेका छन्। पाकिस्तानमा मात्र नभई छिमेकी राष्ट्र बंगलादेशमा राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै ऐतिहासिक मन्दिरहरूमा तोडफोड, आगजनी र मूर्तिहरू खण्डित गरिएका अनेकौं तथ्यहरू सार्वजनिक भएका छन्।

यति मात्र होइन, पश्चिमा मुलुकहरू जस्तै अस्ट्रेलिया, क्यानडा र संयुक्त राज्य अमेरिका (USA) का विभिन्न सहरहरूमा रहेका प्रख्यात हिन्दु मन्दिरहरूमा समेत अतिवादी समूहहरूद्वारा मध्यरातमा तोडफोड गर्ने र भित्ताहरूमा आपत्तिजनक नाराहरू (Vandalism) लेख्ने क्रम बढ्दो छ। धार्मिक सहिष्णुता र विश्वव्यापी मानवअधिकारको कुरा गर्ने देशहरूमा समेत यस्ता घटना हुनुले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई चिन्तित बनाएको छ।

मन्दिर संरक्षणका लागि विश्वव्यापी ऐक्यबद्धताको आह्वान

विश्व हिन्दु परिषद् नेपालका मठ-मन्दिर, अर्चक, पुरोहित विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यले विश्वभर भइरहेका यस्ता निन्दनीय कार्यहरूले धार्मिक स्वतन्त्रताको उपहास गरेको बताउनुभएको छ। “मन्दिरहरू केवल ढुङ्गा र माटोका संरचना मात्र होइनन्, यी त शताब्दीऔं पुरानो इतिहास, संस्कृति र मानव सभ्यताका अमूल्य निधि हुन्,” अध्यक्ष आचार्यले भन्नुभयो, “पाकिस्तानमा प्राचीन रामलीला मन्दिरको अस्तित्व नै मेट्न खोज्ने भू-माफिया र दोषी अधिकारीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ।”

विज्ञप्तिमार्फत परिषद्ले पाकिस्तान सरकार, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै विश्वभरका हिन्दु समुदायलाई धार्मिक सम्पदाको रक्षाका लागि एकताबद्ध भई आवाज बुलन्द गर्न हार्दिक अपिल समेत गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल

२०८२ जेष्ठ १६, शुक्रबार १३:४५ गते
कैलालीसमाचार

धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा

२०८२ चैत्र ८, आईतवार १०:३२ गते
अन्तर्राष्ट्रिय

बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

२०८१ श्रावण ७, सोमबार ०८:४५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

आलिताल अस्पताल निर्माणको काम अलपत्र

२०८१ कार्तिक ४, आईतवार १४:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?