यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन २९, बिहीबार १४:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्
pinterest sharing button

सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो। 

भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको सङ्क्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए। “सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ”, भट्टले भने, “टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ।” नाकामा आउने यात्रुमध्ये भारतका मलेरिया, डेङ्गीलगायतका सङ्क्रामक रोग बढी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्यरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

     
असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म दुई जनामा टिभी पोजेटिभबाहेक अन्यमा सङ्क्रमण देखिएको छैन। प्रहरीको तथ्याङअनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक दुई हजार मानिस नेपाल फकिरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ। 

यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमानाकालगायत जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ। प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेकाले यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए। “गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्युनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ।”  

ट्याग गरिएको:featured
अघिल्लो लेख बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
अर्को लेख नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

झ्याप्ले खोलामा सडक खुले पनि नियमित रूपमा गाडी सञ्चालन हुन समय लाग्ने

२०८१ आश्विन १४, सोमबार ०९:४३ गते
राष्ट्रिय

सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया

२०८१ मंसिर १८, मंगलवार ०८:४३ गते
अर्थ-वाणिज्य

आज सुनको मूल्य बढ्यो

२०८१ फाल्गुन २२, बिहीबार ११:४३ गते
स्वास्थ्य-शिक्षा

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि

२०८१ श्रावण २३, बुधबार ०९:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?