कैलाली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं। ५ को प्रदेश सभा (ख) बाट नवयुवा उमेर समूहका योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
१८ देखि २८ वर्ष उमेर समूहअन्तर्गत नवयुवा प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित चन्दले आफ्नो राजनीतिक यात्रामा नयाँ उपलब्धि हासिल गरेका हुन्।
एसपीए विद्यार्थी परिषद्मा सदस्यका रूपमा आबद्ध रहेर विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका चन्द पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
उनको निर्विरोध निर्वाचित भएसँगै नेपाली कांग्रेसको संगठनमा युवा पुस्ताको प्रतिनिधित्व थपिएको छ। पार्टीभित्र युवाको सहभागिता वृद्धि, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक मुद्दामा नवयुवाको आवाजलाई प्रभावकारी रूपमा उठाउन उनको भूमिका रहने अपेक्षा गरिएको छ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अवसर पाएका चन्दको आगामी राजनीतिक यात्रा सफल र उपलब्धिमूलक बनोस् भन्दै शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।





