रुपाल ।डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ र २ रुपालका किसान यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन थालेका छन् ।
किसानले बर्खाको समयमा रोपेको धानबाली यतिबेला भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसान यतिबेला धान भित्र्याउन लागिपरेका छन् ।
खेतमा पाकेको धानबाली भित्र्याउन आ–आफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन् ।
रूपालका केही किसानहरुले भने धान घरमा भित्र्याइसका छन् ।





