यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा दस वर्षसम्म बनेन पुल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा दस वर्षसम्म बनेन पुल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा दस वर्षसम्म बनेन पुल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १०, शनिबार १३:३७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा । डडेल्धुरा जिल्लाका गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती पाउन थालेका छन् ।

दुई गाउँपालिकालाई जोड्नका लागि पक्की पुल निर्माण हुन थालेको एक दशक हुन थालेको छ तर पुलबाट मोटर चढेर आवतजावत गर्ने स्थानीयको चाहना अझै पूरा हुन सकेको छैन ।

गन्यापधुरा गाउँपालिका–३, सकायललाई नवदुर्गा गाउँपालिका–३, डाँडावन जोड्ने सकायल खोलामा निर्माणाधीन पक्की पुल २०७२ सालदेखि अलपत्र अवस्थामा रहेको छ ।

करिब दुई करोड ५० लाख रुपियाँ लागत रहेको पुलको निर्माण दुई वर्षभित्र गरिसक्ने गरेर डडेलधुराकै निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनी जेभीलाई ठेक्का दिइएको थियो ।

ठेक्का सम्झौता भएको १० वर्ष पुग्दासम्म करिब ७५ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म पुल निर्माणका लागि निर्माण कम्पनीको चार पटक म्याद थप गरिएको छ । काम भए अनुसारको भुक्तानी पनि निर्माण व्यवसायीले बुझेको उनले बताए । करिब एक वर्षदेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प रहेको छ । अब तिहारपछि काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी गराएको उनले बताए ।

पुल अगाडिको सडक बनाउन जग्गा विवाद पनि रहेको उनको भनाइ छ । बर्खाका बेला खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या हुने गरेको स्थानीय योगेन्द्र देउवाले बताए । उनले भने, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटक पटक आग्रह गर्दासमेत बेवास्ता गर्दा स्थानीयले जोखिम मोलेर खोला वारपार गर्नु परेको छ ।”

पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटक पटक आग्रह गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहितको टोलीले स्थलगत अनुगमन गरेर पुल निर्माणका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन गरेको छ ।

पुल निर्माण पूरा गर्न पटक पटक म्याद थप भएको यो थप गरिएको अवधिमा पनि निर्माण नभए कम्पनीलाई कारबाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।

पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले लागत पुनरवलोकन भएकाले काममा ढिलाइ भएको बताए । निर्माण व्यवसायी गुरुङले तत्काल काम सुरु गरेर सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा पुल निर्माण पूरा हुने दाबी गरेका छन् । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख सगरमाथा क्षेत्रमा एक महिना नौ हजार पर्यटक पुग्दा दुई करोड बढी आम्दानी
अर्को लेख डोटीमा किबी खेती विस्तार गरिँदै
1 Comment 1 Comment
  • Karan Bista says:
    October 28, 2024 at 3:06 pm

    डडेलधुरा जिल्लाको गन्याप धुरा 3 सकाएल कुलाउ खोला देखि नवदुर्गा गाउँपालिका जोडिएको यो पुल आझै बनेको छैन् चक्रे देउबा जि हजुरको ध्यान कता के कता के हुदैछ यता

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीपर्यटनराष्ट्रिय

धनगढीका ‘बुढापाका’को आशीर्वाद पाइरहेका मेयर हमाल

२०८२ जेष्ठ ५, सोमबार ०९:१२ गते
राष्ट्रियसमाचार

शिक्षकसँग आजै सहमति, भोलिदेखि पठनपाठन सुचारु

२०८२ बैशाख १७, बुधबार १५:१४ गते
खेलकुद

१९ वर्षमुनिको नेपाल र अफगानिस्तानको टोलीबीच तीन दिनको शृङ्खला आजदेखि

२०८१ चैत्र २१, बिहीबार १०:१२ गते
बैतडी

बैतडीमा आगलागीबाट ३५ लाखको क्षति

२०८१ आश्विन ८, मंगलवार २०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?