यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २२, शुक्रबार १३:२९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा-८ को अन्तिम परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ। स्रोत केन्द्रहरूले उत्तरपुस्तिका डिकोडिङ् गरेर विभागमा पठाउन थालेपछि आजदेखि अङ्क प्रविष्टि थालिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। विभागले आगामी हप्ता नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।

अहिलेसम्म गरिएका कामका बारेमा जानकारी दिँदै उनले भने,‘परीक्षा सम्पन्न भएकै दिनमा उत्तर पुस्तिका स्रोत केन्द्रमा ल्याएर कोडिङ् गरियो, कोडिङ् गरिएका उत्तरपुस्तिका रोष्टरमा भएका शिक्षकहरूले स्रोत केन्द्रमै बसेर परीक्षण गरे, परीक्षण भएका उत्तरपुस्तिकाहरूलाई डिकोडिङ् गरियो, यसरी डिकोडिङ् गरिएका उत्तरपुस्तिका विभागमा प्राप्त भएपछि हामीले प्रणालीमा अङ्क भर्न थालेका हौँ।’

उनका अनुसार ३ दिनभित्र अङ्क प्रविष्टि सकिन्छ। आजको चौथो दिन प्रणालीमा भरिएका अङ्क र उत्तर पुस्तिकामा प्राप्त गरेको अङ्क रूजु गरिने छ। यसपछि नतिजा प्रकाशन गर्ने उनले जानकारी दिए।

महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन्।

लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन्। यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरू पनि समावेश छन्। जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन्।

यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए। केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिरका ५६ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो।

केन्द्रीय बहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो। विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो। यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए।

अघिल्लो लेख नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै
अर्को लेख लोडशेडिङ अन्त्यका लागि इमानदार प्रयास गरेँ : कुलमान घिसिङ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सहकारीको धितो सुरक्षण बिक्री गरी बचत फिर्ता गर्न सर्वोच्चको आदेश

२०८२ बैशाख ३०, मंगलवार ११:५८ गते
स्वास्थ्य-शिक्षा

सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

२०८१ भाद्र १८, मंगलवार १९:१३ गते
राष्ट्रिय

काठमाण्डौं महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा गाडीको प्रदूषण जाँच तीव्र

२०८१ माघ ५, शनिबार १०:३२ गते
राष्ट्रिय

बाजुरामा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

२०८१ पुष ६, शनिबार १०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?