डडेलधुरा । नवदुर्गा गाउँपालिका–४ का गाउँमा लामो समयपछि बिजुली बलेको छ ।
सोलार र टुकीको भरमा उज्यालो बाल्न बाध्य यस क्षेत्रका चार गाउँका बासिन्दा बिजुली बलेपछि खुसी भएका छन् ।
वडा नम्बर ४ को इस्लेग, काकाडपानी, खटौटे, चलकट्टेलगायतका गाउँमा बिजुली पुर्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी अवस्थीले बताए ।
बिजुली पुगेसँगै सयौँ घरधुरी लाभान्वित भएका छन् । गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा करिब ५० लाख रुपियाँको लागतमा गाउँमा बिजुली बलेको हो । वडा नम्बर ४ सँगै ५ मा पनि विद्युत् विस्तारको काम अघि बढेको अध्यक्ष अवस्थीले बताएका छन् ।





