धनगढी – कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकायमा मुख्य विषय अङ्ग्रेजी लिएर अध्ययन गरेका विद्यार्थीहरूको भेला सम्पन्न भएको छ।
शनिवार क्याम्पसको सभा हलमा भेला सम्पन्न भएको हो।
विभिन्न शैक्षिक सत्रमा क्याम्पसमा अध्ययन गरेका र हाल विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीको भेलामा सहभागिता रहेको थियो।
पूर्व विद्यार्थी चुडामणि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख तोयनाथ भट्ट, सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट, प्राध्यापक डाक्टर रामचन्द्र बिनाडी, प्रेमराज भण्डारी, स्ववियु अध्यक्ष यमराज जोशी र सचिव सन्तोष पन्तको समेत सहभागिता रहेको थियो।
उपस्थितहरूले आपसमा शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। आगामी दिनहरूमा भेलालाई निरन्तरता दिने र थप रचनात्मक काम गरिने बताइएकाे छ।





