यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र ४, बुधबार १०:२३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको एक अस्पताल सञ्चालनका विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद सिर्जना भएको छ ।

लम्कीचुहा अस्पतालको विषयलाई लिएर विवाद भएको हो ।

यो अस्पताल लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । हाल यसै अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गठन गरेको छ । यसलाई नगरपालिकाले भने अस्वीकार गरेको छ ।

पालिकाले सञ्चालन गरिरहेको अस्पताल हस्तान्तरण नहुँदै प्रदेश सरकारले समिति गठन गरेको भन्दै नगर कार्यपालिकाको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । नगर प्रमुख सुुशीला शाहीले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार भएको तर कुनै सल्लाहबिना आफूखुसी विकास समिति गठन गरिएकाले त्यसलाई स्वीकार नगर्ने निर्णय गरिएको बताइन् ।

शाहीले नगरपालिकाले सञ्चालन गरेको अस्पतालको जनशक्ति व्यवस्थापन तथा अन्य आर्थिक स्रोत व्यवस्थापनको पक्षको कुरा स्पष्ट गरेपछि मात्र अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने पनि बताएकी छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो ।

तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुक्त गरेको १५ शैय्याको अस्पताल भने प्रदेश सरकारलाई हस्तान्तरण हुन बाँकी रहेको र विकास समिति गठन गर्दा समन्वय नगरिएको भन्दै नगरपालिकाले त्यसलाई स्वीकार नगर्ने अडान लिएको छ । मंगलबारको कार्यपालिका बैठकमा उक्त निर्णयमा एक जनाले नोट अफ डिसेन्ट लेखेपनि अन्यले भने सो निर्णयमा सहमति जनाएका छन् ।

उक्त अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत छ ।

लम्कीचुहा नगरपालिकाको सहमतिअनुसार प्रदेश सरकारले अस्पताललाई मातहत ल्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो । सोही आधारमा केही महिनाअघि संघीय सरकारले लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले संघीय सरकारले लम्कीचुहा अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताएका छन् । कानुनी रुपमा अस्पताल प्रदेशलाई हस्तान्तरण भएपनि व्यवहारिक रुपमा नभएको कुरा साँचो भएको रेग्मीको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयले अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन प्रक्रिया बढाएको थियो । तर, नगरपालिकाले नै चासो नदेखाएको मन्त्रालयको दाबी छ । मन्त्रालयले नगरपालिकासँग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्न सम्झौता नै तयार पारेको छ । तर, नगरपालिकाले चासो नदिएपछि हस्ताक्षर गर्नै बाँकी छ ।

आइतबार सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए । विष्ट पूर्वशिक्षक हुन् । यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वारलाई नियुक्त गरिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख १३ अंक बढ्यो सेयर बजार
अर्को लेख हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान

२०८१ पुष ५, शुक्रबार १४:३७ गते
कैलाली

धनगढीको शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने

२०८१ भाद्र १२, बुधबार ०६:४१ गते
खेलकुद

१९ वर्षमुनिको नेपाल र अफगानिस्तानको टोलीबीच तीन दिनको शृङ्खला आजदेखि

२०८१ चैत्र २१, बिहीबार १०:१२ गते
दार्चुलासमाचार

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२०८२ मंसिर २१, आईतवार १२:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?