यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र १८, बुधबार १०:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्


कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३९४ महिला र १२६ पुरुषको रगत परीक्षण गरिएको हो।
परीक्षण गरिएकामध्ये ४१ जनामा ट्रेट ९बाहक० देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए। ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षण ९कन्फरमेसन० का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ।
सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत ९आनुवंशिक० रगतसम्बन्धी रोग हुन्। फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमियामा रातो रक्तकोशिकाको आकार हँसिया जस्तो हुने भएकाले शरीरका विभिन्न भागमा रगतको प्रवाह अवरुद्ध हुन सक्छ। यसले अत्यधिक पीडा, रक्तअल्पता ९एनीमिया०, कमजोरी, बारम्बार सङ्क्रमण, हातखुट्टा सुन्निने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, किड्नी, कलेजो तथा अन्य अङ्गमा समस्या जस्ता गम्भीर असर पार्न सक्छ। गम्भीर अवस्थामा यसले जीवन जोखिममा पार्न सक्छ।
थालासेमिया रगतमा हेमोग्लोबिनको मात्रा कम हुने आनुवंशिक रोग हो। यस रोगका बिरामीलाई नियमित रूपमा रगत चढाउनुपर्ने हुन सक्छ र समयमै उपचार नपाएमा विभिन्न जटिल स्वास्थ्य समस्या देखिन सक्छन्। “यी दुवै रोग पूर्ण रूपमा निको हुने नभए पनि समयमै पहिचान, परामर्श, विवाहअघि परीक्षण तथा आवश्यक उपचार व्यवस्थापनबाट यसको असर कम गर्न सकिन्छ,” फोकल पर्सन भट्टले भने, “विशेषगरी ट्रेट भएका व्यक्तिहरूबीच विवाह भएमा सन्तानमा रोग देखिने सम्भावना बढी हुने भएकाले स्क्रिनिङ अत्यन्त महत्वपूर्ण हुन्छ।
समुदायस्तरमै सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता वंशाणुगत रोगको पहिचान तथा नियन्त्रण गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको फोकल पर्सन भट्टले बताए। यसैबीच, लालझाडी गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय, धनगढी कैलालीको प्राविधिक सहयोगमा यहाँ सञ्चालित निःशुल्क आँखा शिविरबाट २४८ जनाले सेवा लिएका छन्। सेवाग्राहीले आँखा परीक्षण गराएका हुन्। परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ भने साथै, ३८ सेवाग्राहीलाई रिडिङ ग्लास ९चस्मा० प्रदान गरिएको छ
ग्रामीण क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान तथा समयमै उपचार सेवा विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। मोतिबिन्दु आँखाको लेन्स धमिलो हुने समस्या हो। जसले दृष्टि कमजोर बनाउँदै अन्ततः अन्धोपनसमेत निम्त्याउन सक्छ। तर समयमै शल्यक्रियामार्फत यसलाई सहजै निको पार्न सकिने शिविरमा सहभागी नेत्र चिकित्सकले बताए।

अघिल्लो लेख एमाले संसदीय दलको बैठक बस्दै
अर्को लेख राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार ०७:५१ गते
अन्तर्राष्ट्रियसमाचार

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

२०८२ चैत्र ११, बुधबार १०:१० गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते
कैलालीसमाचार

धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ

२०८२ पुष २९, मंगलवार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?