धनगढी – सहायक राजदूत मोदिता बज्राचार्यको प्रमुख आतिथ्यमा एनआरएनए क्षेत्रीय समिति जोहोरको ५औं अधिवेशन सम्पन्न भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको ५औं अधिवेशन २०२५ जुलाई ६, आइतबार सम्पन्न भएको हो। कार्यक्रम जोहोरबरूस्थित Tiga Suite, Puteri Harbour मा आयोजना गरिएको थियो।
अधिवेशन बेदना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका सहायक राजदूत मुदिता बज्राचार्य प्रमुख अतिथि रहनु भयो। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो विशिष्ट अतिथि थिए रहनु भएको थियो

त्यस्तै, एनसीसी मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारी, सचिव विष्णु प्रसाद बराल सदस्य उमेश महतो र सदस्य खेमराज खत्री समेत बिशेष अतिथि रहेका थिए। क्षेत्रीय समिति जोहोरका पूर्व अध्यक्ष हरि बस्नेत, संरक्षक मिम बहादुर गुरुङ तथा विभिन्न संघ–संस्थाबाट आएका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कार्यक्रममा सुदूरपश्चिमेलि समाज जोहोर का अध्यक्ष लक्षण राउद प्रवास नेपाली सम्पर्क बिभाग मलेशियाका सभापति नेत्र के सि प्रवासी नेपाली मन्च का केन्द्रीय सदस्य चित्र थापा रोल्पाली सेवा समाज मलेशियाका अध्यक्ष टिपेन्द्र बुढामगर नेपाल तामाङ घेदुङ कि महिला उपाध्यक्ष सम्झना तामाङ हेल्प मधेस मलेशियाका दिपक मन्डल लगायत दर्जनौ सघं सस्थाका प्रतिनिधि हरुको उपस्थिति थियो
करिब 2/3 हप्ता अगाडि देखि आपसी सल्लाह र छलफल ले निर्बाचन सबै पदमा निर्बिरोध भएको हो। अधिवेशनमा सञ्चारकर्मी, खेलाडी, समाजसेवी, कलाकार लगायतको उपस्थिति रहेको थियो। अधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन गरिएको छ, जसको नामावली यसप्रकार छ:
अध्यक्ष: वेदना श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: बिन्दु दर्लामी मगर
उपाध्यक्ष: प्रेम श्रेष्ठ
सचिव: छविलाल गिरी
सह–सचिव: विनय हमाल
कोषाध्यक्ष: तिलक श्रेष्ठ
सह–कोषाध्यक्ष: खेमराज बोम्जन तामाङ
युवा संयोजक: दीपक कार्की
सदस्यहरू:
– ईश्वर श्रेष्ठ
— प्रदिप भट्ट
– होमराज बान्था
– मेघबहादुर तामाङ
– सम्झना कुँवर
– सुरेश राई
– सौरभ जोती
– प्रेमबहादुर तामाङ
– शुसिल तामाङ
– अम्बिका सारु
– मङ्गल तामाङ
– ससिराम कुँवर
– शेखर बोम्जन
– केशव खड्का
– दामोदर ओली
– प्रेम बिष्ट
– संगीता गुरुङ
– देवीका राई
– शशिकला राई
– अभय विक
– विजय तामाङ
– राजु बिसी
– समिता राई
– गणेशबहादुर खड्का
– प्रमोद भण्डारी
– रञ्जु सिके
– दुर्गेग राजवहाक





