यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ५, सोमबार १२:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदाय सामाजिक परिवर्तनका लागि सङ्गठित भएका छन्।

जातीय भेदभाव तथा दलित समुदायभित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवार एकजुट भएका हुन्। समुदायको एकता र हकअधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरिएको छ। समूहले विशेषगरी दलित समुदायभित्रका दमाइँ, विश्वकर्मा, सार्की, बादीलगायत उपजातिबीच हुने अन्तरजातीय विभेद अन्त्यलाई प्राथमिकतामा राखेको छ।

दलित अगुवा शिवी लुहारका अनुसार दलित समुदायभित्रै पनि चुलोचौका र पानी नचलाउने जस्ता कुप्रथा अझै कायम छन्। “दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी समूह बनाएका छौँ,” उनले भने, “दलितभित्रको अन्तरजातीय विभेद अन्त्य गर्दै आन्तरिक एकता कायम गर्नु र बाह्य विभेदविरुद्ध एकजुट भएर आवाज उठाउनु हाम्रो उद्देश्य हो।”

समूहले दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने लक्ष्य लिएको छ। हाल समूहमा वडा नं ५ का करिब एक सय दलित परिवार आबद्ध भइसकेका छन्। समूहका अध्यक्ष नन्दराम वडका अनुसार आगामी दिनमा सदस्य सङ्ख्या बढाएर दुई सय ५० परिवारसम्म पु¥याउने लक्ष्य राखिएको छ।

समूहले सामाजिक मुद्दासँगै आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेको छ। अध्यक्ष वडले भने, “समूहमा आबद्ध प्रत्येक सदस्यबाट मासिक अनिवार्य एक सय बचत गर्ने व्यवस्था गरिएको छ, जसलाई समुदायको कल्याणकारी कार्यमा खर्च गरिनेछ।”

आर्थिक अभावका कारण दलित समुदायमा मृत्यु संस्कार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सङ्कलित बचत रकमबाट शव वाहनको व्यवस्था, दाउरा तथा किरियापुत्रीलाई आवश्यक खाद्यान्नलगायत सामग्री सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। “योसँग समुदायलाई आर्थिक पछौटेपनबाट छुटकारा दिलाउनका लागि व्यावसायिक तालिम र आयआर्जनसँग जोडछौँ” उनले भने, “जातीय विभेदबारे सचेत पार्नका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरी सक्षम बनाउछौँ।”

वडा नं ५ मा ‘नमूना कार्यक्रम’का रूपमा सुरु गरिएको यस समूहको प्रभावकारिता हेरेर शुक्लाफाँटा नगरपालिकाका अन्य वडामा पनि यस्तै समूह विस्तार गर्ने योजना रहेको अध्यक्ष वडले बताए। स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व र बजेट विनियोजनका सवाल उठिरहेको सन्दर्भमा शुक्लाफाँटामा सुरु भएको यो सङ्गठित प्रयासले जातीय विभेद न्यूनीकरण तथा दलित समुदायको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा सकारात्मक योगदान पु¥याउने वडा सदस्य जयराज पाण्डेयले बताए। “समाज परिवर्तनका लागि थालिएको यस अभियानमा एक्यवद्धता रहेको छ” उनले भने, “वडा तथा नगरका हरेक योजनामा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि कटिबद्ध भएर लाग्छौँ।

अघिल्लो लेख सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८२ हजार पुग्यो
अर्को लेख काठमाण्डाैमा प्लास्टिक फोहोरविरुद्ध ‘क्लाइमेट स्मार्ट स्कूल’ पहल शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एन्फा महिला लिग : आज पनि दुई खेल

२०८१ भाद्र २७, बिहीबार १०:२५ गते
राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

२०८१ श्रावण २१, सोमबार १४:२८ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

२०८२ असार १, आईतवार १०:४२ गते
राजनीतिसमाचार

‘मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’

२०८२ असार ७, शनिबार ११:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?