यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०९:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सप्तरी – सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ ।

रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले व्यवसायिकरुपमा रात्रिकालीन उडान शुरू गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा शुरू भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको बताए । राजविराज विमानस्थलमा यसअघि बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गएको शुक्रवार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एअरले काठमाण्डौं–राजविराजको रात्रिकालीन व्यवसायिक उडान शुरू गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाण्डौं, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा इन्ट्रयुमेन्ट फ्लाइट (आईएफआर) नियम अनुसार उडान शुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द र ढिलाइको समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिने भएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुनेछ । यसअघि भीएफआर उडानका लागि कम्तीमा पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्या थियो ।

राजविराज विमानस्थल २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए । राजविराजमा रात्रिकालीन उडानले मधेशको पर्यटन क्षेत्रमा पनि अवसर पुग्ने स्थानीयवासी रोशन मण्डलले विश्वास व्यक्त गरेका छन् ।

अघिल्लो लेख बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
अर्को लेख दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन

२०८२ बैशाख २१, आईतवार १०:४६ गते
राष्ट्रियसमाचार

गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प

२०८२ जेष्ठ १६, शुक्रबार ११:२७ गते
राष्ट्रियसमाचार

आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै दाजुले गरे भाइको हत्या

२०८२ असार १३, शुक्रबार १२:०५ गते
राष्ट्रियसमाचार

गाडिएको अवस्थामा युवकको शव फेला

२०८२ असार २, सोमबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?