कावासाेती – नेपाली सेनाका एक जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्।
नवलपुरको कावासोती नगरपालिका– ७ स्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली चलाउँदै आत्महत्या गरेका हुन्।
उनले पोष्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए।





