कञ्चनपुर –कञ्चनपुरमा एकैदिन १६ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दले संचालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक चन्दसहित ६ जना पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई नगद ४२ हजार ७ सय ७० र १० गड्डी ताससहित सोमवार पक्राउ गरेको बताएको छ।
यसैगरी बेदकोट नगरपालिका–५ धरमपुरमा राजेन्द्र बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय जयबहादुर बोहरासहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुलाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २३ हजार १०५ र १० गड्डी ताससहित पक्राउ गरेको बताएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




