यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ २१, बिहीबार २०:१७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं। नेपालमा बीवाइडी (BYD) विद्युतीय सवारीसाधन आयात तथा भन्सार जाँचपास प्रक्रियालाई लिएर सार्वजनिक रूपमा उठेका प्रश्न र सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आधिकारिक वितरक साइमेक्स इन्कले तथ्यगत स्पष्टिकरण जारी गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधनहरू पूर्ण रूपमा प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार आयात गरिएको जनाएको छ।

साइमेक्सका अनुसार कोरला भन्सार नाका हुँदै ६४९ वटा तथा रसुवागढी भन्सार नाका हुँदै ४७२ वटा बीवाइडी सवारीसाधन नेपाल भित्रिएका छन्। यसबाहेक २२६ वटा सवारीसाधन चिनियाँ भन्सार क्षेत्रमा आइपुगे पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया पूरा भएको छैन।

कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको तथा त्यस्तो सुविधा माग नगरेको दाबी गरेको छ। कम्पनीका अनुसार ग्राहकबाट पहिल्यै बुकिङ भइसकेकाले ती बुकिङ पूरा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको हो।

साइमेक्सले कर परिवर्तनबाट बच्न सरकारी निकायसँग मिलेमतो गरेको वा अनुचित लाभ लिएको भन्ने आरोपलाई निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालको भएको जनाएको छ। कम्पनीका सम्पूर्ण आयात गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका र प्रचलित कानुनका आधारमा सञ्चालन हुने दाबी गरिएको छ।

कम्पनीले आवश्यक परे आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सबै दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ।

साथै, सञ्चारमाध्यम र सरोकारवालालाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न र व्यवसायको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ। कम्पनीले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य, इन्धन आयात न्यूनीकरण तथा दिगो यातायात विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवार सार्वजनिक बहसको आवश्यकता औंल्याएको छ।

साइमेक्सले सम्बन्धित निकायबाट भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले वास्तविकता स्पष्ट पार्ने र सार्वजनिक रूपमा फैलिएका भ्रम तथा गलत सूचनाको अन्त्य हुने विश्वास व्यक्त गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
अर्को लेख धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

२०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
अर्थ-वाणिज्यसमाचार

मासिक ५० युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट : उपभोक्तालाई थपिँदै भार

२०८३ जेष्ठ १७, आईतवार १०:२९ गते
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…

२०८१ आश्विन ६, आईतवार १८:१४ गते
खेलकुदसमाचार

एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपाल र उत्तर कोरिया खेल्दै

२०८२ श्रावण २५, आईतवार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?