यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १५:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर — जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । 

वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ ।

टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए/नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् कँडेलले जानकारी दिइन् । 

यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन् ।

‘असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा छ सय २४ मिलीमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र भनेर त्यसमा सरोकारवालाले चासो देखाउनुभयो । त्यसपछि थप अध्ययनका लागि स्थलगत अध्ययनका लागि आएका हौँ, ‘ वरिष्ठ मौसमविद् कँडेलले भनिन् । 

दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ ।

टोलीले आज कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ । असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो । 

दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा रेकर्ड भएको छ सय २४ मिलीमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताए ।

असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेशनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । 

हनुमाननगरमा पाँच सय ७३ दशमलव छ र सुन्दरपुरमा पाँच सय ५६ दशमलव चार मिलीमिटर वर्षा मापन भएको थियो । उक्त टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन् । – रासस

अघिल्लो लेख धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग
अर्को लेख ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीति

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ : देउवा

२०८१ चैत्र १०, आईतवार १५:०५ गते
अर्थ-वाणिज्य

सुन तोलाको १ लाख ९१ हजार

२०८२ बैशाख ८, सोमबार ११:३८ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले रूसमाथि लगायो अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध

२०८१ पुष २७, शनिबार १०:२२ गते
राष्ट्रिय

एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ

२०८१ मंसिर १३, बिहीबार १०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?