धनगढी ।कैलालीमा दुई वटा माेटरसाईकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका -१ काे गाेप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प९२५२ नम्बरको माेटरसाईकल ठाेक्किदा दुवैका चालककाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बाेहाेराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चाैधरी र कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लकाे मृत्युु भएकाे बताए ।
उनकाअनुसार चाैधरी से६ प६२७९ नम्बरकाे माेटरसाईकल र मल्ल बा ९५ प९२५२ नम्बरको माेटरसाईकलका चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीकाे नवजीवन अस्पताल पुगाइएकाे थियाे । उनीहरूकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर चिकित्सकले मृत घाेषणा गरेका हुन् ।
यस्तै, बा ९५ प९२५२ नम्बरको माेटरसाईकल पछाडि सवार कञ्चनरकाे शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दिपक बाेहाेरा पनि घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।





