धनगढी –कैलालीको धनगढीमा रहेको शिक्षा र संस्कारको संङगम, प्रकृति र संस्कृतिको सम्मान, वेद र विज्ञानको संयोजन चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन् ।
करिव ३७ वर्ष लामो समय देखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आज देखि चैतन्य पाठशालाको प्राचार्यमा सक्रिय नियुक्त भएका हुन् । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणलाई आत्मसाथ गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने शुभाव ब्यक्त गरे ।
विगत चार दशक देखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गरिरहेका अनुकरणिय शैक्षिक व्यक्तित्व ओझाले बिगत लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।





