यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरडडेल्धुरादार्चुलाबैतडीसमाचार

महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १३:०७ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । सुदूरपश्चिम प्रदेशको विकासमा कोसेढुङ्गा मानिएको महाकाली कोरिडोरको ७८ प्रतिशत ट्र्याक खुलेको छ ।

कोरिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोर चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको सडक हो ।

कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सडक सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निर्माण गर्दै छ भने दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माणको जिम्मा पाएको छ ।

नेपाली सेनाले जिम्मा पाएको ७९ किलोमिटर कडा चट्टानमध्ये १३ किलोमिटर निर्माण गरिसकेको छ भने सडक विभागले जिम्मा पाएको ३३४ मध्ये २६१ किलोमिटर गरी २७३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।

योजनाका अनुसार चालु आव २०८१र८२ मा थप २० किलोमिटर ट्र्याक खोल्ने लक्ष्य छ । सडक विभागले जिम्मा पाएकोमध्ये जोगबुडा, डडेलधुराको भागेश्वर र बैतडीको पञ्चेश्वरस्थित रोडीदेवलको भिर र दशरथचन्द नगरपालिकाको कन्सनीगाडमा कोरिडोरको बाँकी काम सक्न टेन्डर भइसकेको छ । केही स्थानमा कडा चट्टान भएकाले विस्फोटक पदार्थका लागि विभागमा फाइल बुझाइसकिएको छ ।

विसं २०६६ देखि दार्चुला–टिङ्कर सडकका नामबाट सुरु भएको योजना २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि यो सडकको नामकरण महाकाली कोरिडोर भएको हो । सडकको ट्र्याक खोल्न गत वर्ष ४४ करोड ६५ लाख रुपियाँ छुट्याइएको थियो । चालु आवमा ४१ करोड ५० लाख रुपियाँ बजेटमध्ये विगतको दायित्व भुक्तानीमा १६ करोड खर्च हुने योजनाका इन्जिनियर लक्ष्मण जोशीले जानकारी दिए ।

कोरिडोरको ट्र्याक खोल्ने कामसँगै कालोपत्रेको काम पनि अघि बढेको बताइएको छ । कालोपत्रेका लागि दार्चुला, कञ्चनपुर र जोगबुडा गरी तीन वटा प्याकेजमा छुट्टाछुट्टै टेन्डर गरिएको छ । कालोपत्रेका लागि करिब एक अर्ब २० करोड रुपियाँ रहेको छ । ट्र्याक खुलेको २७३ किलोमिटरमध्ये हालसम्म ४७ किलोमिटर कालोपत्रे गरिको छ भने एउटा पुल निर्माण गरिएको छ । कोरिडोरमा कुल ३५ वटा पुल निर्माण हुने छन् । तीमध्ये कञ्चनपुरमा पाँच वटा, डडेलधुरामा १० वटा, बैतडीमा १० वटा र दार्चुलामा नौ वटा पुल छन् । कोरिडोर सम्पन्न गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपियाँ लाग्ने अनुमान छ ।

विस्फोटक पदार्थका कारण ढिलाइ

कोरिडोरमा पर्ने रुख कटानका लागि सरकारले अनुमति दिइसके पनि डिभिजन वन कार्यालयबाट छपान र कटान आदेशमा ढिलासुस्ती हुने गरेको बताइएको छ । योसँगै कडा चट्टान भएका क्षेत्रमा विस्फोटक पदार्थ अभाव हुँदा काममा ढिलाइ भएको छ ।

कोरिडोर अन्तर्गत कञ्चनपुर क्षेत्रको ११ किलोमिटर खण्डमा एक हजार ९५१ रुख छन् । त्यसै गरी डडेलधुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली कोरिडोर योजना कार्यालयले जनाएको छ । कुल १६१ किलोमिटर खण्डमा पर्ने रुखमध्ये १०१ किलोमिटरमा पर्ने ६३ प्रतिशत रुख कटान भइसकेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नम्बर १ सम्म निर्माण हुने यस सडक योजनाबाट व्यापार मात्रै नभई कैलाश मानसरोवर भ्रमणका लागि छोटो बाटो हुने छ । त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व धेरै रहेको र धार्मिक हिसाबले योजनाको प्रतिफलका रूपमा सुदूरपश्चिमका चार जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

कोरिडोरले दक्षिणमा कञ्चनपुरको ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै व्यास गाउँपालिकाको टिङ्कर नाकासम्म पुग्ने छ । यो कोरिडोर यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको विकासमा कोसेढुङ्गा साबित हुने चरणमा रहेको छ । गोरखापत्रबाट

अघिल्लो लेख बाजुरामा ग्रामीण सडकको मर्मत कार्य सुरु
अर्को लेख राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

साहित्य

रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक

२०८१ मंसिर २०, बिहीबार १४:५१ गते
राष्ट्रियसमाचार

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८२ जेष्ठ २२, बिहीबार १०:१९ गते
कैलालीसमाचार

सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

२०८२ मंसिर २२, सोमबार १०:४४ गते
दार्चुला

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ मंसिर १९, बुधबार ०८:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?