काठमाण्डौं – बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ ।
बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामका बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





