धनगढी –कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा बालुवाघाट, भजनी नगरपालिका-७ कुटी गाउँ र भजनी-९ पहलवान गन्जुवाको जंङगलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ३२ हजार २ सय बराबरका सामानहरु बरामद गरिएको हो ।
उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।





