यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: करारका कर्मचारीलाई स्वतः स्थायी बनाउनेविरुद्धमा आन्दोलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: करारका कर्मचारीलाई स्वतः स्थायी बनाउनेविरुद्धमा आन्दोलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

करारका कर्मचारीलाई स्वतः स्थायी बनाउनेविरुद्धमा आन्दोलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २४, शनिबार १२:०६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।करारका कर्मचारीलाई स्वतः स्थायी बनाउन नपाउने भन्दै लोकसेवाको तयारीमा रहेका विद्यार्थीसहित विभिन्न सङ्घ सङ्गठन विरोधमा उत्रेका छन् ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको व्यवस्थाको विरुद्धमा उनीहरू आन्दोलनमा उत्रेका छन् ।

विद्यार्थी सङ्गठन र विद्यार्थीले स्थानीय तहमा करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने गरी कानुन निर्माण गर्न नहुने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र प्रदेश सभा भवनअगाडि विगत चार दिनदेखि प्रदर्शन गर्दै आएका छन् । प्रदेश सरकारले २०८० फागुन १७ गते प्रदेश सभामा पेस गरेको यो विधेयक विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन अवस्थामा रहेको छ ।

विधेयकमा सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन लागु हुनुभन्दा पहिले स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करार नियुक्तलाई ऐन लागु भएपछि पहिलो पटकका लागि लोकसेवा आयोगले उनीहरूबिच मात्रै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने उल्लेख छ । यो विधेयक पारित भएर ऐनका रूपमा लागु भएपछि स्थानीय तहमा धेरै सङ्ख्यामा भर्ना गरिएका करारका कर्मचारीबिच मात्रै प्रतिस्पर्धा भई स्थायी हुने बाटो कानुनी रूपमा खुल्ने छ ।

यो व्यवस्थाले सीमित कर्मचारीलाई मात्रै लाभ हुने र बर्सौंदेखि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीका सपनालाई विधेयकले चकनाचुर पार्ने स्थानीय हरि रेग्मीको बुझाइ छ । आफ्ना निकटका व्यक्ति र कार्यकर्तालाई स्थायी नियुक्त गर्ने गरी बदनियतपूर्ण तरिकाले ल्याएको विधेयक खारेज हुनुपर्ने उनले जिकिर गरेका छन् । यो ऐन बनेमा लोकसेवा आयोगले करारका कर्मचारीबिच मात्रै प्रतिस्पर्धाका लागि छुट्टै विज्ञान निकाल्ने र उनीहरूबिच मात्रै प्रतियोगितात्मक परीक्षा भई पदपूर्ति हुने भएकाले आन्दोलनमा उत्रिएको विद्यार्थी नेता बबरजङ्ग सिंहले बताए ।

अघिल्लो लेख गोदावरीबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ
अर्को लेख सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

२०८१ श्रावण २०, आईतवार २०:४० गते
खेलकुद

विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान

२०८१ माघ २१, सोमबार १४:५३ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घट्यो

२०८२ श्रावण २६, सोमबार १२:०९ गते
राजनीति

सङ्घीय संसदमा प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित

२०८२ बैशाख १२, शुक्रबार १३:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?