यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार ०७:५२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आज चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ। त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन। आयोग विद्यार्थीहरूले पिजी अध्ययन गर्न नपाऊन् भन्ने पक्षमा नरहेको जानकारी दिँदै उनले समस्याको समाधान प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई निजी मेडिकल कलेज र पिजी अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन्। बैठकका अधिकांश एजेन्डा आयोगको नियमित कामका विषयमा केन्द्रित छन्।

आयोगका अनुसार एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिसम्बन्धी विषयमा छलफल हुने छन्। यस्तै केही नीतिगत विषय पनि छलफल र निर्णय हुने छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिससम्बन्धी विषय, आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृतिसम्बन्धी विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ को प्रावधान अनुसार चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था र शैक्षिक कार्यक्रम टक्रयाई स्वामित्व हस्तान्तरण र स्थानान्तरण, चिकित्सा शिक्षातर्फ छात्रवृत्तिमा अध्ययन गरी बिचमै अध्ययन छाडेका विद्यार्थीको विषय बैठकका एजेन्डा रहेका छन्।

अघिल्लो लेख नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
अर्को लेख महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणी : ‘वास्तवमा ती वामपन्थी थिएनन्’

२०८२ जेष्ठ ११, आईतवार १५:३३ गते
राजनीति

रेशम चौधरी पक्राउ प्रकरणबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग

२०८२ बैशाख २२, सोमबार १२:०९ गते
कञ्चनपुरराजनीति

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

२०८१ मंसिर १७, सोमबार ११:५० गते
राजनीतिराष्ट्रिय

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण २, बुधबार ११:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?