यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारस्वास्थ्य-शिक्षा

नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ८, शनिबार ०८:१४ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ– नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइएको छ । ३८ वर्ष अघि क्यानडाको ओटावामा भएको स्वास्थ्य प्रवर्द्धन सम्वन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल ९हेपेन०ले बिहीबार काठमाडाँैमा यो दिवस मनाएको हो ।

स्वास्थ्य प्रवर्द्धन आजको आवस्यकतास्दीगो स्वास्थ्यको सुनिश्चितता भन्ने मुल नाराका पहिलो पटक मनाइएको यो दिवसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। दीपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशबराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारी लगायत स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका महासचिव डा। भक्त केसीले स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला माझ चिनाउने र यसको महत्व बुझाउने उदेश्यका साथ यो दिवस मनाउन थालिएको बताए । सो अवसरमा उनले स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” विषयमा प्रस्तुति समेत दिएका थिए ।

उक्त प्रस्तुतीमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाएको छ । खासगरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने भन्दै यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरु समेत पेश गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा। सिंहले नेपालले पहिलो पटक मनाउन थालिएको दिवसमा सहभागि हुन पाउनु खुशीको कुरो भन्दै यस्ता कार्यले स्वास्थ्य सचेतना र यसको महत्व अझ बुझाउने बताए । उनले यसले अन्य राष्ट्रहरूको लागि पनि एक सिकाई हुने धारणा राखे । उनले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न सरोकारवालाहरू माझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी गर्ने, स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास गर्ने, पर्याप्त बजेट विनियोजन गर्ने र स्वास्थ्य साक्षरतालाई बढाउनु पर्ने लगायतका सुझाव दिए ।

यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशवराज पण्डितले अर्को वर्षदेखि यो दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए ।

यस्तै केन्द्रकै पूर्व निर्देशक रमेशचन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका महासचिव डा संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याउँदै हेपेन द्वारा नेपालमा राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाउन शुरु गरेको कदमलाई प्रशंसा गरे ।

कार्यक्रमको समापन हेपेनका कार्यवाहक अध्यक्ष हेमराज खड्काले गरेका थिए । सो अवसरमा बोल्दै उनले यो दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गरे । साथै उनले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै बिधमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिएको बताए ।

स्वास्थ्य प्रवर्द्धन सम्वन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भमा बिहीबार पहिलो पटक नेपालमा यो दिवस मनाइएको हो ।

कार्यक्रमको संचालन हेपेनकाका महासचिव डा केसी तथा कोषाध्यक्ष विनोद कुमार अर्यालले गरेका थिए । सहभागिहरुलाई स्वागत भने सदस्य शीला श्रेष्ठले गरेकी थिईन् ।

अघिल्लो लेख धरहरा चढ्नका लागि मूल्य निर्धारण
अर्को लेख चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

दाङमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको ज्यान गयो

२०८१ पुष ९, मंगलवार १२:२३ गते
अन्तर्राष्ट्रिय

मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा

२०८१ भाद्र ३०, आईतवार १४:०५ गते
राष्ट्रिय

देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी’ खोप

२०८१ माघ २२, मंगलवार १०:०४ गते
प्रदेशराष्ट्रिय

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

२०८१ श्रावण २, बुधबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?