धनगढी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिम आउने भएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवा डडेल्धुरामा हुने कार्यक्रममा सहभागी हुन कार्तिक २५ गते सुदूरपश्चिम आउन लागेका हुन् ।
उनी बिहान १० बजे नियमित उडान मार्फत धनगढी विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ । उनको स्वागतका लागि कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई विमानस्थलामा उपस्थित हुन नेपाली कांग्रेस कैलालीले आग्रह गरेको छ ।
कैलालीका जिल्ला सभापति नारायण भट्टले एक सूचना प्रकाशित गर्दै स्वागतका लागि धनगढी विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।





