बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–५ को क्युडीमा पहिलो पटक गाडी पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।
गाउँपालिकाको लामो प्रयासपछि यहाँको क्युडी गाउँमा सडक सञ्जालको पहुँच भएसँगै त्यहाँका बासिन्दालाई यातायात सेवा लिन निकै सहज हुने भएको छ ।
लामो समयदेखि गाउँपालिकाको कार्यालयमा एक दिनको पैदल यात्रा गर्दै आएका यहाँका स्थानीय अबदेखि एक घण्टामा पुग्ने भएका छन् ।





