धनगढी – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले आउदै गरेको दशैं तिहार लक्षित गरि शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ।
धनगढीमा रहेको निर्माण व्यवसायी संघको सभाहलमा विद्यार्थी परिषद्ले आज शुभकामना सँगसँगै सांस्कृतिक कार्यक्रम गरेको प्राज्ञिक विद्यार्थी परिषद् धनगढी नगर इकाइकी सचिव गीता जोशीले बताइन्।
धनगढी नगर भित्रका विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमाको माया छात्रावास धनगढीका अध्यक्ष, छात्रावासका विद्यार्थीहरु , लगायत अन्य प्राज्ञिक विद्यार्थी परिषद् नेपालका शुभ-चिन्तकको उल्लेख्य उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइका अध्यक्ष गणेश जोशी, सुदुरपश्चिम सह-संगठन सचिव मणिराम चौलागाईं, प्रदेश सचिव प्रेम बोहोरा , सह-सचिवहरु र अन्य प्राज्ञिकमा दायित्व भएका कार्यकर्ताको उपस्थिति रहेको प्राज्ञिक विद्यार्थी धनगढी नगर इकाइका सह-सचिव दिपक बहादुर चन्दले जानकारी दिए।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देश भर संस्कार, संस्कृति र आफ्नो पन जोगाउन सँगसँगै शिक्षा र शिक्षालयको सुधारका लागि लामो समयदेखि काम गरिरहेको छ ।





