यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ६, आईतवार १९:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई खान, बस्न र भजनकीर्तन गर्न धर्मशाला तयार भएको छ ।

मन्दिर परिसरमा तयार भएको १० कोठाको दुईतले भवनमा धार्मिक समारोह आयोजना गर्न दुई सय मानिस अट्ने क्षमताको सभा हल, भान्साघर, शयनकक्ष, अतिथिगृह, स्नान कक्ष, सार्वजनिक शौचालय, पार्किङ र व्यापारिक प्रयोजनका लागि दुई वटा सटर निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मेलौली नगरपालिकाको सात करोड रुपियाँ लगानीमा धर्मशाला, मन्दिर प्रवेश गर्ने छ वटा प्रवेशद्वार, घेरापर्खाल, फोहोरमैला व्यवस्थापनलगायतका संरचना तयार भएका छन् । पर्यटन मन्त्रालयको चार करोड ५५ लाख र मेलौली नगरपालिकाको दुई करोड ४५ लाख रुपियाँमा २०७७ सालदेखि संरचना निर्माण सुरु भएको थियो । संरचना अन्तर्गत धर्मशालाको काम भए पनि प्रवेशद्वारको रङरोगन र पर्खालको काम सक्न बाँकी छ ।

तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको मुख्य धार्मिक केन्द्रका रूपमा रहेको मेलौली भगवतीमा धर्मशाला तयार भएपछि धार्मिक पर्यटकले बसोबासका लागि होटल खोज्न पर्ने बाध्यता हटेको मेलौली नगरपालिकाका पूर्वमेयर कृष्णसिंह नायकले बताए ।

प्रसिद्ध शक्तिपीठका रूपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने गर्दछ । उक्त अवसरमा यहाँ करिब दुई सयदेखि पाँच सयसम्म राँगा र सोही सङ्ख्यामा बोकाको बलि दिइने गरिन्छ । भगवतीको दर्शन गर्न भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लाबाट हजारौँ भक्तजन आउने गरेका छन् । गोरखापत्रबाट

अघिल्लो लेख सलेना–राजपुर सडक खण्ड कालोपत्रे हुँदै
अर्को लेख कैलाली कारागारमा क्षमता भन्दा बढी कैदी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

२०८१ असार १९, बुधबार २१:०२ गते
बैतडीराष्ट्रिय

बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण

२०८१ श्रावण २३, बुधबार १८:३३ गते
कैलालीबैतडी

दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम

२०८२ जेष्ठ २७, मंगलवार १५:५२ गते
बैतडीसमाचार

बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृ*त्यु, ३ जना घाइते

२०८२ माघ ८, बिहीबार १२:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?