धनगढी – कैलाली कारागारमा क्षमताभन्दा बढी कैदी पुगेका छन् ।
१५० जना क्षमताको कारागारभित्र अहिले ५ सय ५७ जना कैदीबन्दी छन्।
साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि एक सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको छ। १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा छ।
पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको हो। विशेष गरी लागूऔष, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरु कैदीबन्दी जिवन विताइरहेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। १५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदीबन्दी हुँलिएका छन्।
कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ। कैलाली कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो।





