डोटी । धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको केआइसिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।
आयोजना कार्यालय र निर्माण कम्पनीबिच साउन २२ गते भएको सम्झौताबमोजिम कालोपत्रे गर्ने कामको ठेक्का प्राप्त गरेको निर्माण कम्पनीले सडकको डबल कटिङ, रुख कटानी, पर्खाल लगाउनेलगायतका कामको सुरुवात गरिरहेको छ ।
दिपायलबाट धनगढीको लागि द्रुतमार्गका रुपमा लिइएको यो सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि काम सुरु भएसँगै यस क्षेत्रका नागरिकले समयमा नै सडक निर्माण कार्य सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् ।





