जुम्ला ।जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् ।
साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् ।
बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् ।
तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।





