यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमेली महिलाहरूकाे महान चाड ‘गौरा पर्व’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमेली महिलाहरूकाे महान चाड ‘गौरा पर्व’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

सुदूरपश्चिमेली महिलाहरूकाे महान चाड ‘गौरा पर्व’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २०, आईतवार २२:३४ गते
SudarshanTelevision
8 मिनेटको
सेयर गर्नुहोस्

गत साल २०८० मा गाेंरा पर्व सुदूरपश्चिमका विभिन्न ठाउँमा दुईपटक मनाए पनि यसपालीकाे गाेंरा भने २०८१ भाद्र -१० गते परेकाे छ । आज श्रावण – २० गतेदेखि गौरा आउन करिब २० दिन जति छ । 

अहिलेदेखि नै सुदूरपश्चिममा गौराकाे राैनक छाएकाे अनुभूति गर्न सकिन्छ । पहाड तिर गौराकाे पूर्व सन्ध्यामा घर लिपपोत गर्ने, नयाँ लत्ताकपडाकाे जाेहाे गर्ने लगायतका कर्महरू भैरहेको देख्न सकिन्छ । 

यतिमात्र नभएर घरबाट बाहिर गएका युवायुवती समेत गौराकाे लागि घर आउने दिन पर्खी बसेका छन् । गौरा पर्वकाे सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

गौरा पर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन् । शिव र पार्वतीलाइ मात्रै पुज्ने देवता मानेर गाेंरा पर्वकाे उत्पत्ति भएकाे कुरा स्कन्द पुराणकाे मानसखण्डमा उल्लेख भए पाइन्छ । 

जस अनुसार– याे मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतकाे एक कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मात्र पति पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निर्जन हिमालयकाे कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेकाे प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएकाे हुनाले हिमालय पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधी र पूजन अर्चन गरेको विषयलाइ आधार बनाएर त्यसै बेलादेखि सुदूर पश्चिमका नारीहरूले हिमालयकी पुत्री गौरीलाई गोःरा–गौरा–गमराको प्रतिमूर्तिका रुपमा शिवपार्वतीको पुजा आजा र व्रत उपवास बस्दै आएका छन् ।

गौरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर दार्चुला, बैतडी र कुमाऊँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण पक्षकाे षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । 

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार उपवास बसी आ-आफ्नो घरमा वा भणारी घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका अन्न गेडागुडी (कलाैं, गुराँस,मास, गहुँ, गहत) भिजाउने गर्छन् । 

गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गाेंराघर (भणारी घर) मा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । 

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गाेंराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । 

धेरै जसाे ठाउँमा त आजभाेली तामा, पित्तल, चाँदीकाे गौराकाे प्रतिमा बनाई डालाेमा विभिन्न थरिका फलफूल राखेर राताे पहेंलाे घुम्टाे ओडाएर टाउकाेमा राखेर खेल्ने, खेलाउने र नाच्ने गर्दछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गाेंरालाई गाेंराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । 

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, ठाडाे खेल, डुस्काे, दाेहाेरी, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । 

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्टकुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएकाे छ । 

सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गाेंरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । 

महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलीपल्ट पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । 

पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । बिरुडा भिजाएकाे दिन र धाेएकाे दिनमा रङ्गीन नयाँ लुगा र गरगहनामा सजिएका महिलाहरू खेल लगाउने, दाेहाेरी गाउने, शिवपार्वती शब्द मिश्रित ढुस्काे खेलेर रमाइलो  गर्ने गर्दछन् । 

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ ।

गौराकाे बारेमा वर्णन गर्दैगर्दा अझ केही कुरा छुटेकाे आभाष हुँदैछ । खासमा कुरा के भने गाेंराकाे दुईदिन अगाडि अर्थात षष्ठी र सप्तमीकाे दिनमा प्रत्येककाे घर-घरमा नानी राेटे र ठुली राेटे हुन्छ । नानी राेटे र ठुली राेटेमा लाउन, सेल, पुरी, बाबर, पुताैका, झझ्याँ राेटी, हलुवा, खीर, खजुरा लगायतका परिकारहरू पकाएर परिवारका सबै सदस्यहरू भेलाभइ संगै खाने चलन रहेकाे छ । 

खजुरा हाम्राे दार्चुलाकाे चाेखाे पवित्र खानाकाे परिकार हाे । पाठकहरूलाई “खजुरा” शब्द परिकार नयाँ पनि लाग्न सक्छ । याे परिकार चामलकाे पिठाेमा दूध घिउ, नारिवल, काजु, बदाम, किसमिस,  चिनी, मह मिसाइ पिठाे बनाइन्छ । उक्त पिठाेलाई ठेली र बेलनकाे मद्दतले गाेलाकार, त्रिभुज आकार, चाैकुने आकारको बनाइ ताेरीकाे तेलमा पकाइन्छ । अझ भन्नू पर्दा गयाँली केदारी खाना पनि हाे । जाे घर बाहिर निस्केपछि हाेटल र अरुले पकाएकाे खादैनन् । ती चाेखा रहने व्यक्ति र देश बिदेश गइरहेका मानिसहरूकाे लागि बढी पकाइन्छ । याे परिकारलाई  हप्तादिनसम्म पनि खान सकिन्छ ।

महिना दिन अगाडिदेखि नुहाइ धाेई चाेखाे बसी विशिष्ट खालको नीतिनियम र विधि पुरा गर्दै गाैरा व्रत बसेर पुजाआजा गरेमा बाधा हट्ने, शत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान-सम्मानका साथै मुक्ति प्राप्त हुने  जनविश्वास रहेकाे छ । म पनि माथि उल्लिखित कुराहरुमा शतप्रतिशत विश्वस्त छु ।

मान सिंह धामी (भाैनबाटी)

उप-प्राध्यापक

कैलाली बहुमुखी क्याम्पस, धनगढी

स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी (काेटबुङा), दार्चुला

अघिल्लो लेख बंगलादेशको विद्यार्थी आन्दोलनमा एकैदिन ५९ जनाको मृत्यु
अर्को लेख पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

विचार/ब्लग

ऊ पुरुष हो, त्यसैले ऊ कायर हो

२०८१ माघ ८, मंगलवार १३:०४ गते
विचार/ब्लगसमाचार

चुप लागेर कुरा गर्छेस् कि नाइँ?

२०८२ कार्तिक २८, शुक्रबार २०:११ गते
विचार/ब्लग

त्यस रात कसले हत्या गर्यो ?

२०८२ बैशाख २९, सोमबार १७:१२ गते
विचार/ब्लगसाहित्य

तमरो मलाई मन भरीको याद छ आमा

२०८२ बैशाख ३०, मंगलवार १३:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?