ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा माग गर्दै आइतबारबाट सुरु भएको विद्यार्थी आन्दोलनका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको छ ।
आइतबारको प्रदर्शनमा कम्तीमा २०० प्रदर्शनकारी घाइते भएका छन् ।
सिरजगन्जस्थित प्रहरी चौकीमा हजारौँ प्रदर्शनकारीले आक्रमण गर्दा १३ जना प्रहरीको पनि मृत्यु भएको जनाइएको छ । बीबीसीबाट





