यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका सिडिओको अध्यक्षतामा बस्यो बैठक, खाद्यलाई शीघ्र धान खरिद थाल्न आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका सिडिओको अध्यक्षतामा बस्यो बैठक, खाद्यलाई शीघ्र धान खरिद थाल्न आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीका सिडिओको अध्यक्षतामा बस्यो बैठक, खाद्यलाई शीघ्र धान खरिद थाल्न आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ८, शनिबार ११:३६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्नको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बैठक बसेको छ। शुक्रवार विभिन्न राजनीतिक दल, किसान, धान खरिद गर्ने व्यापारी सम्मिलित बैठकले कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई यथाशीघ्र धान खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको हो।

यो पटक कैलाली जिल्लाबाट धान खरिदको परिमाण साबिक भन्दा वृद्धि गरी कम्तीमा ३ लाख क्विन्टलसम्म पुऱ्याउन अनुरोध गर्ने निर्णय गरिएको छ। निर्णयमा खाद्यलाई कार्तिक ११ गतेभित्र धान खरिद प्रक्रिया प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनिएको छ।

यसैगरी कैलालीका सबै स्थानीय तहको समन्वयमा आवश्यकता अनुसार धान खरिद केन्द्रहरू थप गर्न पहल गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई सुझाव दिने निर्णय पनि गरिएको छ।

बैठकले नेपाल सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमै धानको खरिदबिक्री गर्न गराउन निजीक्षेत्र लगायत सरोकारवालाहरू सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने क्रममा किसान र उपभोक्ताको हित दुबै सुनिश्चित हुने गरी व्यवहारिक समर्थन मूल्य तोक्न नेपाल सरकारलाई सुझाव दिने, अन्य राष्ट्रको नीति तथा त्यहाँको धानको मूल्य समेतको विश्लेषण गरी त्यसका आधारमा व्यवहारिक नीति निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिने, कैलाली जिल्लाका किसानहरूले परम्परागत रूपमा लगाउने मोटो धानको विकल्प खोजी गरी क्रमशः बजार मागअनुसार मसिनो तथा गुणस्तरीय धान उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले धानको समर्थन मूल्य अनुसार खरिद बिक्री भएको वा नभएको विषयमा अनुगमन समिति गठन गरी अनुगमन गर्ने र सो समितिमा संघरप्रदेशरस्थानीय सरकारका प्रतिनिधि, किसानको प्रतिनिधि र व्यवसायीको एक संयुक्त समिति बनाउने निर्णय गरेको छ।

सबै धान खरिद केन्द्रहरूमा खरिद बिक्री मूल्य सर्वसाधारणले स्पष्ट देख्न सक्ने गरी अनिवार्य रूपमा टाँस गर्न पनि बैठकले आग्रह गरेको छ। साथै निर्धारित मूल्य कार्यान्वयनका लागि भाइटिकाको दिन देखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन बसेका अनसनकारी नेत्र भण्डारीले अनसन अन्त्य गर्ने निर्णय गरिएको छ।
उक्त निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्न अर्को बैठक १५ दिनभित्र बस्ने जनाइएको छ। कैलालीमा हाल सरकारले तोकेको समर्थन मूल्यभन्दा किसान कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। सरकारले साउन २६ गते मोटा धानको ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो। तर किसानले हाल सो मूल्य भन्दा एक हजार देखि एक हजार पाँच सय रुपैयाँ कममा धान बिक्री गर्नुपर्ने बाध्यता छ।

अघिल्लो लेख आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’
अर्को लेख बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणमा परी गाजामा थप ९३ जनाको ज्यान गयो

२०८२ श्रावण १, बिहीबार ११:५० गते
कैलाली

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ बैशाख २०, शनिबार १०:१७ गते
राजनीतिसमाचार

दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

२०८२ जेष्ठ २१, बुधबार १५:२५ गते
कैलाली

फूलको सहर बन्दै धनगढी : ६ जनाले गरे ७ लाख बढीको बिक्री

२०८१ कार्तिक २५, आईतवार ११:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?