यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालयको गेटमा ‘हेडसर’ को मदिरा पसल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालयको गेटमा ‘हेडसर’ को मदिरा पसल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

विद्यालयको गेटमा ‘हेडसर’ को मदिरा पसल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २०, मंगलवार ११:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

रुकुमपश्चिम :रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापकले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ।

आठबिसकोट नगरपालिका-८ स्थित हिमालय माध्यमिक विद्यालयको मूलगेटमै रहेको स्टेसनरी पसलमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यापार हुने गरेको हो।

मंगलबारको गोरखापत्रमा समाचार छ, नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा भएको अनुगमन टोलीले विद्यालयको गेटदेखि करिब तीन मिटरको दूरीमा रहेको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार हुने गरेको फेला पारेको हो। उपप्रमुख शाहीका अनुसार स्कुलको मूलगेटमै रहेको विवेक स्टेसनरी तथा किराना पसलमा बियर, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री हुने गरेको छ।

स्टेसनरीका नाममा सञ्चालित पसलभित्र मदिरालगायत विद्यालयपरिसरमा प्रतिबन्धित सामान बेच्ने गरेको पाइएपछि सो पसललाई १० हजार रुपैयाँ जरिबाना गरेको शाहीले बताइन्।। यो पसल प्रधानाध्यापक नवराज बुढाको हो। प्रधानाध्यापकले नै विद्यालय परिसरमा रक्सी, चुरोट, सुर्ती बेच्ने गरेको गुनासोपछि अनुगमनमा जाँदा स्टेसनरी तथा किराना पसलभित्र बियर, चुरोट, सुर्ती राखेर बिक्री गर्ने गरेको पाइएको हो।

विद्यालय क्षेत्रमा विवेक स्टेसनरी तथा किराना पसलको नाममा दर्ता गरेको पसलमा सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले मदिरा र सुर्तीजन्य व्यापार गर्नु दण्डित कार्य भएको नगर उपप्रमुख शाहीको भनाइ छ।

यो विषयमा प्रधानाध्यापक नवराज बुढाले आफूले मदिरा बिक्रीवितरण नगरेको तर चरित्रहत्या गर्नलाई हल्ला फैलाउन खोजिएको बताए। आफन्तको विवाहमा मदिरा ल्याएको र बाँकी रहेपछि परिवारका सदस्यले सुत्ने कोठामा राखेका रक्सीका बोतल निकालेर पसलबाट रक्सी बेचेको आरोप लगाइएको उनको भनाइ छ । परिवारका अन्य सदस्यले स्टेसनरी र किनारा पसल सञ्चालन गरेका तर मदिरा बिक्री नगरेको उनको दाबी छ।

अघिल्लो लेख नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
अर्को लेख सुनको भाउ एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

२०८१ पुष ८, सोमबार १०:१२ गते
अन्तर्राष्ट्रिय

इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

२०८१ फाल्गुन २६, सोमबार १२:४७ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

२०८१ माघ १९, शनिबार ११:१० गते
अर्थ-वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च

२०८१ श्रावण २, बुधबार १६:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?