यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १९, सोमबार १२:४८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

अहिले सिनेमा हलहरूमा राजनीतिलाई कटाक्ष गर्ने किसिमको एउटा चलचित्र चलिरहेको छ, लाज शरणम्।

हाम्रा चलचित्रहरू हाम्रै समाजका ऐना हुन्। चलचित्रले समाजमा भइरहेका गतिविधिहरुलाई देखाउने प्रयास गर्छ। चलचित्र लाज शरणमले पनि नेपालको राजनीतिलाई दर्शाउने प्रयास गरेको छ।

चलचित्रमा दर्साइएको एक दृश्य, जहाँ कर्णालीबाट एक नेता जनताका लागि चुनाव जित्छन्। तर, सुन तस्करको पहरेदार बन्दछन्। गरिबका सपना बेचेर आफू पैसावाला बन्दछन्। जनता हेरेको हेर्यै…

उक्त दृश्यमा देखाए जस्तै धनीमानीको दानापानी खाएकाहरूले नेपालमा पनि दुर्गन्धित राजनीतिको खेल खेलिरहेका छन्।

हुन त हरेक धनीहरू गलत र हरेक गरिबहरू सही कहिले हुन सक्दैनन् । तर, अधिकांश धनीमानीहरू राजनीतिको आडमा रहेर समाजको एक वर्गलाई दुःख दिइरहेका छन् भने, अधिकांश नेताहरू धनीमानीको आडमा रहेर समाजको एक वर्गलाई दुःख दिइरहेका छन्।

हाम्रै देशमा पनि अहिले सत्तामा रहेका र सत्ताको पर्खाइमा रहेका प्रत्येकको उद्देश्य जनतालाई सपना देखाएर आफू बन्नु मात्रै रहेको देखिन्छ। सोही कुरालाई उक्त चलचित्रले पनि देखाएको छ।

कर्णालीका दुःख बेचेर डलर कमाउनेहरूलाई पनि चलचित्रले गतिलो झापड दिएको छ। उसो त जबसम्म हामी अशिक्षित रहिरहन्छौं, तबसम्म कर्णालीको दुःख र सुदूरपश्चिमका छाउगोठ देखाएर केही वर्गले डलर आर्जन गरिरहनेछन्।

वास्तवमा कर्णाली र सुदूरपश्चिम जस्तै पुरै नेपालको समस्या उस्तै छ। कर्णालीले एक ठूलो हिस्सा ओगटेको मात्र हो। तर नेपालका अधिकांश कुना कान्दारामा शिक्षा, स्वास्थ्य र राजनीतिक चेतनाको अत्यन्तै अभाव रहेको छ। जसको फाइदा अहिले समाज र राष्ट्रको नेतृत्व गरिरहेका वर्गले उठाइरहेका छन्। सोही कुराहरूलाई समेटेर उक्त चलचित्र तयार गरिएको छ।

ताली र गालीलाई राम्रोसँग पचाउँदै आफ्नो सिर ठाडो पार्दै अन्तर्राष्ट्रिय स्तरमा देशको सिर झुकाउनेलाई सामान्य चलचित्रले त केही प्रभाव पार्न सम्भव नहोला। र पनि ठूलाठूला परिवर्तनका लागि सानोसानो कुराहरुले नै प्रभाव पार्ने गर्दछ । यसकारण चलचित्र लाज शरणम् पनि नेतृत्व वर्गलाई एक गतिलो झापड हुन सक्छ।

अघिल्लो लेख धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने
अर्को लेख अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

विचार/ब्लगसमाचार

चुप लागेर कुरा गर्छेस् कि नाइँ?

२०८२ कार्तिक २८, शुक्रबार २०:११ गते
कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
विचार/ब्लग

दशैँ आयो है

२०८१ आश्विन ५, शनिबार १७:२३ गते
कैलालीविचार/ब्लग

कतै ऊ बिरामी त थिइन?

२०८२ असार १०, मंगलवार २२:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?