यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीविचार/ब्लग

स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १८, बिहीबार १६:१२ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

भर्खरै देशभरी नै क्याम्पस तहमा स्ववियुको निर्वाचन सम्पन्न भैरहेको छ। कतिपय स्थानमा सम्पन्न भैसक्दा कतिपय क्याम्पस अझै पनि निर्वाचन गर्न नसकेको अवस्थामा छन्।

वास्तवमा स्ववियु निर्वाचन, नेता उत्पादन गर्ने विद्यार्थिको आवश्यकता र तदारुकतालाई मध्यनजर गर्दै काम गर्ने एक अवसर हो।

यसप्रकारको निर्वाचनबाट विद्यार्थीको हित नै सर्वोत्तम कडि हो। यो एक सृजनशील, कर्मशील र स्वच्छन्दतावाद स्थापित गर्ने एक माध्यम हो।

यसले विद्यार्थीमा नव- सृजनको महत्व स्थापित गर्दै देशको राजनीतिक प्रणाली सुधार सम्मको काममा सहयोग गर्न सक्छ। यसले समाजको ऐना प्रष्ट र स्पष्ट चित्रण गरि सुदृढ र सबल समाजको परिकल्पना गर्ने सक्ने दक्ष जनशक्ती उत्पादनमा भूमिका खेल्न सक्छ तर हाम्रा स्ववियु निर्वाचन बेथितिका पर्याय जस्तै भएका छन् अनि कताबाट बनोस् त मुलुक?

एक जना युवक बाटोमा हिड्दै हुनुहुन्थ्यो अनि म पनि त्यही बाटोमा सङ्गै हिंडिरहेको थिएं। कैलाली बहुमुखी क्याम्पसको निर्वाचन सम्पन्न भैसकेको थियो। यसै गरि नजिकै रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको पनि निर्वाचन सम्पन्न भैसकेको थियो। ती व्यक्तिले के भन्दै थिए भने आज त चुनाव भयो, अनि चुनावमा टन्न खाइयो नास्ता।

अनेरास्ववियु, ने. वि संघ, अखिल क्रान्तिकारी लगायतका सङ्गठनका नेताहरुले उपलब्ध गराएको नास्ता खाएर आएं। बडो सान सित आफ्नो कुरा प्रस्तुत गर्दै हुनुहुन्थ्यो, उहाँ। यसो गरेर आइरहँदा फेरि यो देश बनेन विदेश जानुपर्यो भनेर गाउँदै हिंड्ने पनि उहाँहरु जस्तै युवाहरु हो।

अनि हाम्रा विद्यार्थी सङ्गठन , विद्यार्थी माझ सृजनशील रुपमा प्रस्तुत हुन्छौंं भनेर शंखनाद गरिरहेका छन्। भोज भतेर गरेर ४/५ लाख त्यसै सखाप पार्छन् अनि चुनाव हारेकाहरु खर्च असुली कसरी गर्ने भनेर लागिरहन्छन् भने चुनाव जितेकाहरु योजना ल्याउँदै अलि अलि आफ्नो खर्च असुल गर्ने काममा तल्लिन रहन्छन्।

यसरी गरिने कर्मले हामी आफुले समाज परिवर्तनमा कत्तिको योगदान गर्यौं, त्यो महत्त्वपूर्ण कुरा हो। अनि यही युवाहरु मध्येका कारण देशको राजनीतिक भविष्य धुमिल हुँदै गएको छ। अनि कसरी बन्छ देश?

देश बनाउन हामीले केही गर्नु पर्दैन। निस्वार्थ, निर्भय, इमानदार भएर समाजको पैरवी गरिरहनुपर्छ। यो भएन, त्यो भएन भनेर केही हुने वाला छैन। देशको हालत दिनदिनै खस्किरहेको छ अनि हामी कलेज पढ्ने साथीहरु चुनावमा नास्ता खाएकोमा खुशी मनाउँछौं। विचरा कत्तिको निच कर्म गरे, यो कसले भनिदिने?

यो देश खोक्ला पार्ने दुस्साहसी केवल तिमी हौ भनेर कसले भनिदिने? बढो सान सित उसलाई चुनावमा जितेको भोज माग्यौं, अनि बजार केही समयपछी केहि प्रगति भएन भन्दै जोडजोडले करायौं भने देश बन्ने होइन, बनेको भत्किन बेर लाग्दैन नि!

त्यसैले यस्तो समयमा हिजो कुरा बिर्सेर ईतिहास रच्ने पालो स्ववियु निर्वाचित पदाधिकारीहरुमा रहेको छ। इतिहासले गौरव गर्न लायक समय बनाउने समय आएको छ। अहिलेको समयमा विद्यार्थी रचनात्मकता विहिन भएको छ।

सबै भन्दा पहिला रचनात्मक बनाउने, उनिहरुलाई समय अनुसारको मागका लागि तयार रहन प्रोत्साहन गरिरहने, अनि सबै भन्दा महत्त्वपूर्ण अर्को निर्वाचन आउँदा सम्म विद्यार्थीहरु बिना कुनै खर्च चुनाव लड्न सक्ने वातावरण सृजना गर्न सके मात्रै तपाईंहरुको रचनात्मकता मापन हुनेछ। यति गर्न सक्यो भने राज्यका लागि हुने निर्वाचन पनि कम खर्चिला हुनेछन्, राज्यको ढुकुटी वचत हुनेछ।

अर्को भनेको अहिले विदेश जानेहरुको सङ्ख्या निकै बढ्दो छ तसर्थ क्याम्पस र उद्यमशीलतालाई एक ठाउँमा जोडि नवीन किसिमका उद्यम विकासका लागि भूमिका खेल्ने ताकी विद्यार्थीमा पढाइप्रती आकर्षण बढ्न सकोस्। जब सम्म मानिसलाई कुनै चिजको आशा हुँदैन तब मानिसले कुनै पनि कर्म गर्दैन तसर्थ नेतृत्वको काम आशा देखाउनु पनि हो।

यो कुरालाई पनि आत्मसात गर्नु, क्याम्पसका कर्मचारी, प्रध्यापक, उप-प्रध्यापक भनेका गुरु हुन्, गुरुप्रतिको सम्मान र सौहार्दपूर्ण वातावरणका लागि हदै सम्म काम गर्ने, अनावश्यक कर्ममा लागेका कर्मचारी र प्रध्यापकमाथी सम्मान साथ नियन्त्रण गरि क्याम्पसको गरिमा स्थापित गर्ने, आफ्नो भन्दा नि राम्रो र योग्य व्यक्तिको पदस्थापनका लागि भूमिका खेल्ने , विद्यार्थीसङ्ग अन्तरक्रियात्मक कार्यक्रमका लागि समय समयमा जोड दिइराख्ने र समस्या पहिचान गरि समयमै व्यवस्थापन गर्ने काम गरेको खण्डमा स्ववियुको महत्त्व स्थापित गर्न सकिन्छ। विश्वविद्यालय स्तरीय समस्या पहिचान गरि तुरुन्त समाधानका लागि प्रयास गर्ने। यसो गर्दा सुझबुझपूर्ण भएर तदारुकता लिंदा अवश्य फाइदाजनक नै हुन्छ।

नवराज जोशी, धनगढी

ट्याग गरिएको:featured
अघिल्लो लेख एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने
अर्को लेख बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

२०८१ कार्तिक २२, बिहीबार १५:०४ गते
खेलकुद

यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट

२०८१ कार्तिक २८, बुधबार १८:३३ गते
समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनको २ सिटका लागि ४ जना प्रतिस्पर्धामा

२०८२ माघ ११, आईतवार ११:४१ गते
विचार/ब्लग

ऊ पुरुष हो, त्यसैले ऊ कायर हो

२०८१ माघ ८, मंगलवार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?