यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलको सहर बन्दै धनगढी : ६ जनाले गरे ७ लाख बढीको बिक्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलको सहर बन्दै धनगढी : ६ जनाले गरे ७ लाख बढीको बिक्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

फूलको सहर बन्दै धनगढी : ६ जनाले गरे ७ लाख बढीको बिक्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २५, आईतवार ११:२८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

गिरिजा प्रसाद पनेरु, धनगढी – धनगढीमा ६ जना पुष्प व्यवसायी किसानले ७ लाख १० हजारको फूल बिक्री गरेका छन्।

दशैतिहारको अवधिमा मात्रै ६ जना पुष्प व्यवसायी किसानले ७ लाखभन्दा बढीको फूल तथा माला बिक्री गरेका हुन्।

धनगढी उपमहानगरपालिकाको फूलमा आत्मनिर्भर हुने लक्ष्यअनुसार तालिम लिएका ६ जना किसानले व्यावसायिक फूल खेती गरेका छन्।

धनगढी–१२ जुगेडा ‘सी’ गाउँकी कृतिका सिंहले यो वर्ष तिहारमा मात्रै एक लाख ५० हजारको फूल बिक्री गरेकी छन्। उनले यो वर्ष पाँच कट्ठा जग्गामा सयपत्री लगाएकोमा बजारमा प्रतिस्पर्धा हुँदा मूल्य पाउन भने समस्या भएको गुनासो गरेकी छन्।

यस्तै, जुगेडा सी गाउँकै कुमारी आशा पन्त मिश्रले चार कट्ठामा लगाएको फूलबाट दशैंतिहारको अवधिमा एक लाख १० हजार आम्दानी गरेकी छन्। यो वर्ष भारतबाट धनगढीमा फूल नभित्रिएकाले स्थानीय किसानलाई बजारीकरणमा सहयोग पुगेको उनले बताइन्।

धनगढी–८ मोतीचोकका पुष्प व्यवसायी जोगेन्द्रसिंह सेटीले ६ कट्ठामा लगाएको सयपत्री फूल भाइटीकाको अघिल्लो दिनमै बिक्री भएको थियो। यो पटक सेटीले दशैंतिहारमा २ लाख ५० हजारको फूल बिक्री गरेका हुन्।

दुई बिघामा पुष्पखीती गरेको बताउने धनगढी–६ मटियारीकी सुशीला बिष्टले यो वर्ष ४ लाखको फूल बिक्री गरेकी छन् भने धनगढी–४ की रिता अवस्थीले तिहारमा मात्रै एक लाखको फूल बिक्री गरेकी छन्। यस्तै दशैंतिहारमा दुई लाख ५० हजारको फूल बिक्री गरेको धनगढी–१३ का किसान पुष्करसिंह बिष्टले बताए।

यो वर्ष फूल बिक्री नहुने समस्या हटे पनि स्थानीय बजारमा फूलको उचित मूल्य पाउन समस्या भएको पुष्प व्यवसायी किसानका गुनासो छ ।

धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न इच्छुक किसानलाई गत वर्ष तालिम दिएको थियो। किसानलाई पुष्पखेती र सजावट सम्बन्धी तालिम दिइएको थियो। उपमहानगरले किसानलाई बिउ, मल विषादी, सिँचाइ तथा बजारीकरणमा समेत सहयोग गरेको छ।

स्थानीय बजारमा बिक्री नभएको फूल काठमाडौं पठाउन किसानलाई उपमहानगरले हवाई भाडामा सहुलियतका लागि पहल गर्नुका साथै नगद अनुदान समेत दिएको छ।

उपमहानगर क्षेत्रका कृषकले उत्पादन गरेको फूल काठमाडौँ पढाउँदा हवाईजहाजको भाडा प्रति केजी २ सय पर्न जाने भएकाले उपमहानगरले एयरलाइन्ससँग समन्वय गरेर किसानको सहजताका लागि अहिले ९० रुपैयाँ प्रति केजीका दरले हवाईजहाज मार्फत फूल काठमाडौँ पठाइरहेको नगरप्रमुख हमालले बताएका छन्।

यस्तै कृषकको सहजताका लागि धनगढी उपमहानगरले फूलका लागि चिस्यान केन्द्र पनि बनाएको र त्यसको बिजुली र कर्मचारीको खर्च पनि उपमहानगर स्वयंले बेहोरिरहेको उनले बताएका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख डडेल्धुराको भागेश्वर मन्दिरमा मनाइने ‘धुरा जाँत’ कार्तिक २९ गते हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन

२०८१ चैत्र १६, शनिबार १०:१२ गते
कैलाली

धनगढीबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ

२०८१ पुष ९, मंगलवार ०९:५४ गते
कैलालीराजनीति

केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता

२०८१ चैत्र १३, बुधबार १०:५७ गते
अर्थ-वाणिज्य

सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो

२०८१ चैत्र २२, शुक्रबार ११:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?