धनगढी, २२ फागुन/कैलालीको एश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी नेता बिच विवाद सिर्जना भएको छ।
सर्वदलीय बैठकबाट पारित नियमलाई पालना नगर्दा स्ववियु सभापति र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुका बीच क्याम्पसमै लफडा भएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा प्रतिशोध साध्न कै लागि लफडा भएको क्याम्पस प्रशासनको ठम्याइ छ।
कक्षामा विद्यार्थीहरुलाई आन्दनलनको बारे जानकारी गराउँदा स्ववियु सभापति आएर आफूमाथी हातपात गरेको अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिका उम्मेदवार विकाश विष्टले बताए।
तर स्ववियु सभापति कुबेर खड्काले भने , त्यस्तो के पनि नभएको आफु स्ववियु सभापति भएकाले विद्यार्थीको पढाईमा अवरोध सिर्जना नगर्न भन्दा सामान्य विवाद भएको बताए ।
आफुले कुनै संगठनको स्वार्थले भन्दा विद्यार्थीको पढाइलाई ध्यान दिँदा विवाद सिर्जना भएको बताए। उनले कसैमाथी आफूले हातपात नगरेको बताएका छन्।





