डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाकाे भागेश्वर मन्दिरामा कार्तिक २९ गते राति ‘धुरा जाँत’ मेला लाग्ने भएको छ ।
कार्तिक शुक्ल पक्षकाे बैकुण्ठ चर्तुदशीका दिन लाग्ने मेला यसवर्ष पनि २९ गते राति भागेश्वर- २ स्थित भागेश्वर मन्दिरमा हुन लागेकाे हाे। उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ ।
भागेश्वर देवताको दर्शन गर्न सुदुरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कमाउ गडवालबाट पनि धर्मालम्बी आउने गर्दछन् ।
भागेश्वर मन्दिरमा नजिकसम्म सडक सञ्जालले जोडिएपछि धर्मालम्बीहरुलाई निकै सहज भएको छ ।
यस्तै गत साल मेलाका लागि भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा पनि दिएको थियो ।





