यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भौतिक पूर्वाधारको अभावमा बाजुराको कोल्टी अस्पताल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भौतिक पूर्वाधारको अभावमा बाजुराको कोल्टी अस्पताल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

भौतिक पूर्वाधारको अभावमा बाजुराको कोल्टी अस्पताल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३०, बुधबार १५:०४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा छ ।

यहाँका स्थानीयको माग अनुसार २०८० सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको हो ।

अस्पताललाई चाहिने आवश्यक भौतिक पूर्वाधार नहुँदा यहाँ आउने बिरामीलाई सेवा प्रवाहमा निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

यहाँ आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालका चिकित्सक सन्जित शाहले बताए ।

उनले भने, “दुर्गम ठाउँका स्थानीयलाई सेवा दिने गरी यहाँ आधारभूत अस्पताल सञ्चालन भए पनि सोही अनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको छ ।”

अस्पतालमा स्वास्थ्य सामग्रीको व्यवस्थापन नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्रै रिफर गर्नुपरेको चिकित्सक शाह बताउँछन् ।

पहिला स्वास्थ्य चौकीको रुपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै गत वर्षदेखि कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा आएको हो ।

दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव छ ।

बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा, मुगु, जुम्ला र हुम्लाबाट बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।

२०८० सालमा कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेपनि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताए ।

उनले भने, “बुढीनन्दा नगरपालिकाका बिरामीहरुलाई मात्र उपचार गर्न सहज भए पनि अन्य पालिका र मुगु, हुम्लाबाट पनि बिरामी धेरै आउने गरेकाले उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।’’

कोल्टी आधारभूत अस्पताल तीन जिल्लाका स्थानीयहरुको आशा र भरोसाको केन्द्र भएकाले यसलाई चाँडै अस्पतालको रुपमा विस्तार गरी चाहिने आश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थाका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको चिकित्सक शाहीको भनाइ छ । गोरखापत्रबाट

अघिल्लो लेख मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह
अर्को लेख कैलालीका इन्सपेक्टर धामीलाई कदरपत्र प्रदान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबाजुराराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाजुरामा वैकल्पिक सडक निर्माण कार्य तीव्र

२०८१ असार २४, सोमबार ११:०५ गते
बाजुरासमाचार

बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

२०८२ मंसिर ४, बिहीबार १६:४७ गते
बाजुरा

सडकसँग जोडिँदै बाजुराका दुर्गम गाउँ

२०८१ पुष २८, आईतवार १६:३१ गते
बाजुरा

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

२०८१ कार्तिक १, बिहीबार १४:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?