यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २५, बुधबार १२:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी।बैतडीमा बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालयमा दलित समाज विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रममा बाल विवाह जस्ता सामाजिक समस्याको अन्त्यका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो। मञ्चका सचिव बलभद्र दयालले समाजमा बाल विवाह अन्त्य गर्न धार्मिक अगुवा, राजनीतिक दल र स्थानीय तहका सरोकारवालाको भूमिका महत्त्वपूर्ण भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बाल विवाह समाजको गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले समयानुकूल कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

सहभागी धार्मिक अगुवाहरूले बाल विवाह विरुद्ध जनचेतना अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाए भने राजनीतिक दलका प्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म सरकारी सक्रियता अपरिहार्य रहेको बताए।

सुरक्षा निकायका प्रतिनिधिहरूले कार्यक्रममा लागुऔषधसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पछिल्लो समय बढ्दो लागुऔषध प्रयोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अभियान सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रम संयोजक सुरेश सेरले बाल विवाहका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरबारे छलफल गरिएको र समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै संयुक्त पहल आवश्यक रहेको बताए।

मञ्चका अध्यक्ष सरस्वती नेपालीले समाजमा बाल विवाह लगायतका कुरीति विद्यमान रहेकोले यसको अन्त्यका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए।

अन्तरक्रिया कार्यक्रममा धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, किशोरी समूह र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अघिल्लो लेख आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
अर्को लेख कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

२०८१ मंसिर ९, आईतवार १४:४१ गते
राष्ट्रिय

प्रधानमन्त्रीको निर्देशन : दुई लेनभन्दा साना सडक नबनाउनुस्

२०८१ श्रावण २०, आईतवार १९:२४ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

२०८१ माघ १०, बिहीबार ११:५३ गते
साहित्यसुदूरपश्चिम प्रदेश

ठाडी भाका गीत ‘हे दैव’ सार्वजनिक (भिडियोसहित)

२०८१ श्रावण १६, बुधबार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?