नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ ।
दसैँपछि खुलेको बजारमा अघिल्लो दिन तोलामा ११ हजार ७०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज ३ हजार रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँमा उक्लिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १९५ रुपैयाँले घट्दै चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।




