यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्यस रात कसले हत्या गर्यो ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्यस रात कसले हत्या गर्यो ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

त्यस रात कसले हत्या गर्यो ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २९, सोमबार १७:१२ गते
SudarshanTelevision
10 मिनेटको
सेयर गर्नुहोस्

एका बिहानै उपत्यकाको साँघुरो गल्लीमा हल्ला भयो। सुन्नेहरू सबै दौडिए म पनि हिजो त्यही भएकाले लागे त्यतैतिर। कोही मानिस फर्कँदै थिए त कोही जाँदै थिए। हेर्न जाने र फर्कने बीच सामान्य संवाद हुन्थ्यो। हेरेर फर्कनेहरूको प्राय अन्दाज हुन्थ्यो हत्या रहस्यमय छ। कोही भन्थे एकअर्काको हत्या गरे त कोही भन्थे कसैले मार्यो र फरार भयो।

भीड पछ्याउँदै म घटनास्थलमा पुगेँ। कोठामा रक्सीका बोतल र रक्सीसँग खाएको चख्ना छरिएका थिए। ढोकाको ठिक अगाडि उमेशको लाश लम्पसार थियो। आधा शरीर खाटमुनि थियो त आधा खाट बाहिर। टाउकोमा चोट र मुखभरि घाउ नै घाउ थिए। ढोकाको देब्रेपट्टि हसनको लास लम्पसार थियो। हातमा रक्सीको बोतल थियो। सायद ऊ माथि हमला हुने बेला उसले पनि प्रहार गर्नका लागि समातेको हुनुपर्छ।

कोठाको ठिक अगाडिबाट माथि बाथरुममा सोनमको लास लम्पसार थियो। सोनमको दाहिनेतर्फ घाँटीमा काटावाला चम्मच रोपिएको थियो। बाथरूममा पानीभन्दा बढी रगत बगेकाले बाथरुम रक्ताम्य थियो। केही बेरमा पुलिस आए। घटनास्थल र घटनाबारे मुचुल्का तयार पारेर सोधपुछ गर्न थाले। बिहान बाथरूम जान भनी माथिल्लो तलामा बस्ने आएपछि मात्र घटनाबारे जानकारी भएको भने।

तीमध्ये एकजना पुलिस मेरो नजिकै आएर सोधे, तपाईँ यतै बस्नुहुन्छ? मैले होइनको भाव जनाउँदै टाउको मात्र हल्लाए। फेरि प्रश्न सोध्यो, अनि यता किन? ऊ यता सरसफाई गर्न आउँछ। पछाडिबाट एउटा महिला बोलिन्। फुलटाइम हो कि पार्ट टाइम यता? पार्टटाइम हो सर मैले सामान्य हुँदै भने । हिजो कता हुनुहुन्थ्यो? यतै थिए सर। बिहान दिउँसो कि साँझ । बिहान र साँझ थिए सर । पुलिसले अरुलाई पनि सामान्य सोधपुछ गर्‍यो। छानबिन सके लगत्तै लासलाई पोस्टमार्टमको लागि अस्पताल पठायो र मेरो नाम ठेगाना र नम्बर लिएर गयो।

दुई दिनपछि मलाई चौकी बोलाइयो। अस्ति मलाई सोधपुछ गर्ने पुलिस नजिकै आयो। आएर फेरि शंकालु भावले मलाई हेर्दै भन्न थाल्यो, हत्यारा अब केही समयमै पत्ता लाग्छ। भागेर कहाँ जाला र पानी मुनि गएर लुके पनि छोड्दैन। म केही बोलिन।

अँ साँच्चै रमेशजी त्यस दिन हजुर पनि त्यही हुनुहुन्थ्यो है? हजुर सर हो। हप्तामा चार दिन है? हजुर। बिहान कि साँझ? विशेषगरी बिहान, बोलायो भने साँझ पनि। उसले टाउको मात्र हल्लायो।

मृतकको सम्बन्ध बारे तपाईँलाई केही थाहा छ? त्यति छैन सर। रमेशजी दुःख नमान्नुहोला, कानुनी प्रक्रिया हो सोधपुछ गर्नै पर्‍यो। हस् त हजुर अहिले जान सक्नुहुन्छ। म चौकीबाट निस्किए। छानबिन सात आठ महिना चलिरह्यो तर हत्यारा पत्ता लागेन। प्रहरीमाथि प्रश्न उठ्न थाले प्रहरी पनि के गरोस्? न त हत्याबारे कुनै एभिडेन्स फेला पर्यो, न त कुनै बयान दिने मान्छे नै।

महिनौपछि बस स्टेसनमा त्यही प्रहरीसँग मेरो भेट भयो। दुबैले एकअर्कालाई पहिलो नजरमै चिनिहाल्यौं। मेरो नजिकै आएर सोध्यो, के छ भाइ? ठिक छ, सर आज ड्युटी? म बिदामा छु।

सर त्यो हत्याबारे केही पत्ता लाग्यो? छैन भाइ मैले मेरो कार्यकालमा यस्तो कुनै घटना छैन जुन मैले सोल्भ गरेन। तर, यो घटनाले मेरो जीवनको कार्यकालमाथि दाग लगाउने काम गर्यो। म सोच्न पनि सक्दिन कि यति चलाकीसँग कसले हत्या गर्छ। आउँलाको निशान पनि भेटिएन । हत्या गर्न प्रयोग गरिएको काँटा चम्मच पनि अल्कोहलले धोएछ।

थकित हुँदै प्रहरीले फेरि सोध्यो, भाइ बरु तिमीलाई केही थाहा छ भने भन न त्यस दिन के भएको थियो? सधैँ झैँ सरसफाईका लागि त्यस दिन पनि म त्यो घर गएँ। घरबेटी बाहिर बस्थ्यो। त्यो घरमा मृतक लगायत तीन परिवार अरु बस्थे। हसन र उमेश मिलेर केही वर्षअघिदेखि त्यो कोठामा बस्दै आएका थिए। सोनमसँग उपत्यकामै चिनजान भएको रे। उनी तीनओटै एउटै कम्पनीमा काम गर्थे। अक्सर विदाको दिन उनीहरूसँगै बसेर पार्टी गर्थे।

हेर्दा तीनओटैको राम्रो सम्बन्ध थियो। त्यस दिन पनि साँझ बस्ने कुरा थियो। उमेशले मतिर हेर्दै भन्यो, भाइ तिमी पनि आउनु है सँगै बस्नुपर्छ। मैले ठिकै छ मात्र भने। करिब ८ बजे मलाई उमेशले फोन गर्यो, भाइ नआउने? ठिक छ दाई कुनै दिन बसम्ला नि। कुनै दिन होइन आज आउ। त्यसपछि पनि तीन चार चोटी फोन गरेपछि, म गएँ। उमेश र हसन आफ्नै कुरामा व्यस्त थिए। होइन आज जसरी पनि कुरा चिन्नुपर्छ। कि त तेरो कि त मेरो। ‘दाई के हो त्यस्तो?
वार-पारको कुरा हुँदैछ त’ म त्यहाँ टुप्लुक्क पुगेर भने। केही होइन भाइ आउ बसन।

केही बेरमै सुनम कालो पोल्थिनमा सामान लिएर आइपुग्यो, सबै भुइँमा बसौँ। उमेशले सबैको गिलासमा रक्सी हाल्यो। त्यतिबेलासम्म हसनले चक्ना तयार पारिसकेको थियो। चार पेक लगाइसकेपछि हसनले नारायणगोपालको “गाजलुती ठूला ठूला आँखा” गित गाउन थाल्यो। पिउँदै जाँदा ११ बज्न थाल्यो।

उमेशले हसनलाई आँखाको चाल गर्दै भन्यो, भन्न। हसनले पनि उसैगरी उमेशलाई भन्यो। त भन्न। यो दोहोरी निकै बेर चलिरह्यो। हसन गिलासको रक्सी एक घुटमा निल्दै गिलास भुइमा बजार्यो। ओइ सुनम सुन्न, तँसँग एउटा कुरा भन्नुछ। सोनमले, हसनतिर हेर्दै भन्यो, भन्न के हो?

म र उमेश तेरो बहिनीलाई माया गर्छौं। यो कुरा तलाई पहिल्यै भन्ने कोसिस गर्यौ तर सकेनौँ। यो सुन्नासाथ सोनम रिसले चुर भयो। साला गद्दार साथीको नाममा कलङ्क। तिमीहरू आफूलाई के सोच्छौ? साथी भने सँगै हिँडाई सँगै खुवाई अहिले आएर मैरै बहिनीमाथि आँखा लगाउँछाै?

उनीहरूलाई गाली दिएको सुनेर मलाई खुसी लाग्यो। साला यो जिन्दगीको कस्तो घडीमा आई पुगियो। एकछिन अगाडि रिसले चुर थिए, अहिले खुसी छु। किनकि म पनि मनमनै कतिबेला सोनमको बहिनीलाई माया गर्न पुगे पत्तै भएन। तर, म शान्त थिए। आफ्ना मनका भावना दबाएर राखे। सोनमले आफ्ना साथीलाई त बहिनी दिएन भने म त झन् घर-घर सफा गर्ने नोकर न-परे। मलाई झन् के दिन्थ्यो।

केहीबेरमा त्यहाँ त-त, म-म अर्ध-नग्न गाली हुन थाल्यो। पछि त आमा शुद्ध गालि दिन थाले। म रक्सी र निन्द्राले अर्ध बेहोस थिए। म केही नबोली त्यहाँबाट निस्किए। सर त्योपछि के भयो त्यो मलाई थाहा छैन। प्रहरी केही बोलेन। म पनि केहीबेर मौन रहेँ। मेरो घरतिर जाने बस आयो म बसमा चढे। फर्केर पछाडि हेर्ने आँट आएन। प्रहरी त्यही रोकिरहेको थियो। उसको र मेरो दुरी लम्बिँदै थियो। जसरी त्यो हत्याको केस लम्बिँदै थियो।

म बसेको पल्लो सिटमा एक युवक पत्रिका पढिरहेको थियो। ठूला अक्षरले शीर्षक लेखिएको थियो ‘त्यस रात कसले हत्या गर्यो?’ आशंका एक : रक्सीको तालमा तीन साथी बीच झगडा भयो र एकअर्काको ज्यान लिए। आशंका दुई : बाथरूममा गई एउटाको हत्या गरी कोठामा दुईजनाको कुरा नमिलेर एक अर्काको हत्या गरे। आशंका तीन : दुई साथीको हत्या गरेर आफूले बाथरुममा गएर आत्महत्या गर्यो।

म केही नबोली उसले पढेको पत्रिका हेर्दै थिए। युवक म तिर हेर्दै, तपाईँलाई के लाग्छ त्यस रात कसले हत्या गरेको होला त? के थाहा त्यहाँ त्यस रात अरु मान्छे पनि थियो होला कि?
आशंका ५… ६… पाठकको जिम्मा

लेखन : सुशील बिष्ट (फोनदार साहेब)

ट्याग गरिएको:featured
अघिल्लो लेख पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार
अर्को लेख धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००

२०८२ कार्तिक ९, आईतवार १२:३३ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो

२०८२ कार्तिक ११, मंगलवार १३:१७ गते
कैलाली

धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज गायक सुप्रिम मल्ल आउँदै

२०८१ आश्विन ८, मंगलवार ०९:१२ गते
डडेल्धुरा

डडेल्धुरामा किशोरी करणी आरोपमा एक जना पक्राउ

२०८१ श्रावण ४, शुक्रबार १६:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?