यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १३:३२ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको ज्यान गएको छ ।

१६ जना घाइते भएका छन् । काठमाण्डौं, उदयपुर, बारा र दाङमा भएका दुर्घटनामा परी सात जनाको ज्यान गएको हो ।

काठमाण्डौंको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन् । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले जस्ताको टहरामा सञ्चालन गरेको बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिरेर भएको दुर्घटनामा थर नखुलेका दुई बालक आकाश र सुमन तथा ४५ वर्षका हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारमा रहेको साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर आज बिहान साढे ३ बजेतिर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएर भित्र पसेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । संस्थामा ६१ जना बस्दै आएका थिए । टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरको सदरमुकाम गाईघाटमा जीपको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ । त्रियुगा बसपार्क जाने सडक खण्डमा जीपको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।

हिजो बेलुका प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । चालक त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

यस्तै दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा गणेश चौधरीको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय चौधरीको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको प्रहरी चौकी अमिलियाका प्रहरी प्रमुख भवानीप्रसाद धमलाले जानकारी दिएका छन् ।

रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यसैबीच महोत्तरीमा बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । ना ३ ख ८९९७ नम्बरको बस आज बिहान मडईको सडकमा पल्टिएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका र उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोली आज भारत जाँदै
अर्को लेख म्याग्दी र बाग्लुङमा भूकम्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मोटरसाइकलको ठक्करले बालकको मृत्यु

२०८१ भाद्र १, शनिबार १८:४४ गते
राष्ट्रिय

विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

२०८१ पुष १५, सोमबार १२:२६ गते
राष्ट्रिय

वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ

२०८१ फाल्गुन १, बिहीबार १०:५४ गते
राष्ट्रियसमाचार

सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश

२०८२ जेष्ठ २८, बुधबार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?