यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १, बिहीबार १०:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

पर्वत :जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ परेका हुन्।

गत माघ २९ गते मध्यान्ह आर्थरको बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको थियो। घटनामा खोजी गर्दा उनीहरूले आगो लगाएको थाहा भएपछि उनीहरूलाई सोही दिन अपराह्न पक्राउ गरिएको हो। दुवै जना अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय पर्वतमा पठाइएको छ।

डिभिजन वन कार्यालय पर्वतका सूचना अधिकारी तथा वन डढेलो सम्बन्धी फोकल पर्सन रामबहादुर बि।क।ले वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था अनुसार उनीहरूमाथि कारबाही हुने बताए। उक्त दफामा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ।

कसुर ठहर भएमा सोही ऐनको दफा-५० मा डढेलोले जति क्षति भएको छ त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद, ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बिकले बताए।

पर्वतमा पोहोर साल ७० वटा आगलागीका घटना भएका थिए भने करिब दुई हजार हेक्टर क्षेत्रफलको वन प्रभावित भएको थियो। धेरै स्थानमा आगलागीका घट्ना भएकाले यस वर्ष सरोकारवाला निकायले आगलागी हुन नदिनका लागि कडाइ गरिरहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षाकर्मीहरूलाई डढेलो नियन्त्रणका लागि मात्रै नभई डढेलो लगाउनेहरूलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने बताए।

जिल्लाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारीहरू खटाएर गाउँ गाउँमा निगरानीको काम भइरहेको बताए। अघिल्लो वर्ष जिल्लाका धेरै स्थानमा डढेलो लागेको र नियन्त्रणमा निकै समस्या भएकोले यस वर्ष दोषीहरूलाई पत्ता लगाउने गरी सुरक्षाकर्मीसँग समन्वय भइरहेको उनको भनाइ छ।

अघिल्लो लेख आज विश्व रेडियो दिवस
अर्को लेख आज सुनको मूल्य तोलामा २३ सयले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

२०८१ भाद्र २६, बुधबार १६:०५ गते
राष्ट्रियसमाचार

काठमाण्डौंको तापक्रम आज ३ डिग्री सेल्सियसमा झर्यो

२०८२ पुष २२, मंगलवार १०:२९ गते
राष्ट्रिय

मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर

२०८१ पुष १८, बिहीबार १२:३७ गते
राष्ट्रियसमाचार

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

२०८२ जेष्ठ १५, बिहीबार १०:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?