मलाई २० वर्ष पुगेको झण्डै ६ महिना जति भयो । म घरको जेठो छोरो विहेको तनाव आइलागेको छ। म सँगै हुर्केका , बढेका , खेलेका , पढेका अधिकांशले विहे गरि सकेका छन । त्यसैले पनि आमालाई हतारो भएको होला गाँउमा जाने बेला भन्नु हुन्छ २० वर्ष पुग्यो नि अब बिहे गर्नु पर्छ। म अक्क न बक्क हुन्छु, भन्छु अब हुन्छन् २० वर्ष अझै थोरै छ ।
म बालक्लव , किशोर किशोरी संञ्जालमा भएर होला २० वर्ष नपुग्दासम्म विहेको कुरा कहिले गर्नु भएको थिएन। म बालविवाह रोक्न लागि रहने भएकाले २० वर्ष नपुग्दा सम्म अरुका घरको जस्तो विहे गर्नै पर्छ भन्ने कुरा नै आएन तर अव के भन्ने कानुनी मान्यता पनि सकिएको छ , घरको परे जेठो छोरो नाई नाई भनेर कति दिन नै रोक्न सकिन्छ । मेरो आवश्यकता नभएता पनि परिवारको र समाजको लागि विहे गर्नु अनिवार्य जस्तै भएको छ ।
विहे नगरौँ, परिवार भन्छ जिम्मेवारी वहन गर्नु पर्यो । अब विहे गर्नु पर्यो , समाजले त झन् अनेकन संका उपसंका गरेर टिकाटिप्पणी गर्न भ्याउँछन्। मैंले आज सम्म विहे गर्ने वारे केही सोचेकै छैन । आमा भन्नुहुन्छ म काम गर्न सक्दैन अब बाबु बिहे गर्नु पर्यो्। आमाले यसो भन्दै गर्दा मलाई पिर र चिन्ता लाग्छ। म सानै देखि छिमेकीका विहेमा गइ रहने भएकाले र छिमेकमा विहे पछिको अवस्थाबारे प्रत्यक्ष दर्सी समेत भएकाले अचेल सोच्ने गर्छु , यदि विहे गरेपछि आमाले भने जस्तै काम गरिखाने पाएनछु भने के हुन्छ?
फेरी सोच्छु विहे यो समयमा पनि मागेर गर्ने होत , यदि मागेर नगर्ने हो भने पनि त्यस वाहेक उपाय पनि त छैन । न समाजका अरु साथीहरुको जस्तो लभ नै गरियो न त्यस्तो अनुभव नै छ । बुढापाका भन्थे लत बसाउनु नराम्रो हो तर एक बारको मनुष्य चोलामा सबै कुराको अनुभव लिनु पर्छ कुनै वेला काम लाग्छ । मलाई पनि आज आएर होकी जस्तो लागि रहेको छ, कारण २० वर्ष पुग्नु …..।
आमालाई काममा सघाउने खोज्न विहे गर्नु पर्नेछ, साथीहरुलाई जन्ती जान हतारो भयो रे , कसैलाई भोज खुवाउन विहे गर्नु पर्ने, कसैलाई दान दक्षिणाको लागि यहाँ सबैका आ-आफ्नै माग पुरा गर्न मैले विहे गर्नु पर्नेछ। यता हात हेर्ने त झन ८ महिना भित्र विहे हुने कुरा गर्छन् । ल अब कुरा कस्को सुन्ने कस्को नसुन्ने भएन त हरि बिजोग …।
म भने बिहेलाई सधैं हल्का रुपमा लिने मान्छे परे , जब आज आफु माथी आइपरेको छ विहे ठुलो भारी रहेछ जस्तो लागि रहेको छ। समाजमा बिहे गरे पछि सुध्रिन्छन् , जिम्मेवार हुन्छन् भनेका कुरा सुन्दा पनि कुनै वेला खिति खिति हाँस्ने म आज विहेकै कुराले मात्रै जिम्मेवार भएको महसुस आफुले आफैलाई गर्ने अवस्थामा पुगेको छु ।




