यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडक मर्मत भएसँगै आवतजावत सहज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडक मर्मत भएसँगै आवतजावत सहज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

सडक मर्मत भएसँगै आवतजावत सहज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २, शुक्रबार १७:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ ।

यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता आएको छ ।

बाजुराको इकडीगाडदेखि मार्तडीसम्मको झन्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो तर समयमा स्तरोन्नति नहुँदा सडकको अवस्था कमजोर बनेको थियो । डिभिजन कार्यालयले त्यसमध्येको १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको जनाएको छ ।

अविरल वर्षाका कारण सडक बिग्रिँदै गएकाले त्यसलाई बलियो पार्ने गरी सडकलाई कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले जानकारी दिए । उनले भने, “सडकमा भएको खाल्टाखुल्टीले आवतजावतमा समस्या हुँदै आएको थियो । अहिले सबै खाल्टाखुल्टी पुर्ने गरी कालेपत्रेको काम गरेपछि सहज भएको छ ।”

बार्जुगाडदेखि मार्तडीसम्मको झन्डै २७ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा कालोपत्रे काम पूरा भएको गिरीले बताए । साँफेमार्तडी सडक कालोपत्रे भएको झन्डै १० वर्षपछि अहिले पुनः त्यसलाई कालोपत्रे गर्ने काम भएको हो ।

सडकको बिचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारीसाधन चलाउन निकै सास्ती हुँदै आएको छ । बुढीगङ्गा नगरपालिका–२, ताँप्री सेरा, अम्कोट, बल्देलगायतका अधिकांश ठाउँमा बर्सातमा गएको पहिरोले सडक भत्केको थियो ।

ती ठाउँमा कालोपत्रे गर्ने काम समयमा हुन नसक्दा यात्रीले कष्टकर यात्रा गर्दै आउनु परेको थियो । त्यस सडकखण्डमा हिउँदमा केही महिना गाडी चल्ने र बर्सातमा फेरि गाडी रोकिँदै आउने गरेका छन् । यस सडकको ल्याब परीक्षण गर्नका लागि सडक विभागको केन्द्रीय टोलीसमेत यो ठाउँमा पुगेको थियो ।

अविरल बर्सातका कारण साँफे मार्तडी सडकको बिचमा पर्ने बार्जुगाड ताँप्री सेरा बल्दे अम्कोट, पानीनाउँलालगायतका धेरै ठाउँको सडकमा पहिरो गएको छ । पहिरो पन्छ्याएर सडक मर्मत गर्न ठुलो बजेटको खाँचो छ । यसका लागि रकम नआएकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताए ।

उनले भने, “यो कार्यालयमा प्रायः धेरै कार्यालय प्रमुख नै बस्न मान्दैनन् । उनीहरू केही दिनयता आउने र त्यसपछि तुरुन्तै अर्को ठाउँमा जाने गर्छन् । पाँच जना इन्जिनियरको कोटा भएको यहाँ अहिले म एक मात्र छु ।” गत वर्षमा साँफे–मार्तडी सडकको आवधिक मर्मतका लागि केही रकम आएकाले यतिबेला त्यो रकमले झन्डै १६ किलोमिटर त्यो सडकको आवधिक मर्मत गर्ने काम भएको प्रमुख देवकोटाले बताए । गोरखापत्रबाट

अघिल्लो लेख बैतडीमा अटो दुर्घटना हुँदा चार जना घाइते
अर्को लेख साफ महिला च्याम्पियनशिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

२०८१ आश्विन १७, बिहीबार १२:५५ गते
बाजुरासमाचार

बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै

२०८२ पुष २८, सोमबार १३:१२ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
बाजुरासमाचार

बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती

२०८१ भाद्र १६, आईतवार १०:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?